Above Article Ad
  • फ्रिज चोरेर भाग्दा रातभर गेटमा अड्किए चोर, घाइते अवस्थामा प्रहरीद्वारा उद्धार

    Above Article Content Ad
  • घटना हिजो रातिको हो ।

    चोरी गर्न खोज्ने व्यक्ति सुनसरीको दुहबी बस्दै आएका विकास झा हुन् । सामान डेलिभरी गर्ने कम्पनी ‘उपया’ को कार्यालय भवन राति खाली अवस्थामा थियो । चोर कतिबजे भित्र छिरे भन्ने थाहा भएको छैन ।

    Article inline ad #1
  • झाले घरभित्रबाट एक्लै फ्रिज बोकेर गेटसम्म ल्याएका थिए । फ्रिजलाई गेट माथिबाट कटाएर भाग्ने क्रममा उनको लुगा फलामे किलामा अड्कियो । उनी गेटबाट ओर्लन नसकेर रातभरी त्यही अवस्थामा अलपत्र परे ।

    Article inline ad #2

    जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख कविद कटुवाल उज्यालो भएपछि स्थानीयले देखेर प्रहरीलाई खबर गरेको बताए । राति कति बजेदेखि उनी गेटमा फसेका हुन् भन्ने नखुलेको उनको भनाइ छ ।

    ‘बिहान उज्यालो भएपछि बाटो हिँड्नेले देखेर प्रहरीलाई खबर गरे र प्रहरी पुगेर उनको उद्धार गरिएको छ’ उनले भने ।

    घाइते अवस्थामा रहेका झा लागू पदार्थको नशामा समेत रहेको प्रहरीले जनाएको छ । हाल उनको कोशी अस्पतालमा उपचार भइरहेको छ । उपचारपछि उनीमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाइने कटुवालले बताए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6