Above Article Ad
  • कंचनपुरको पुनर्वासमा मंसिर ३ देखि १३ गतेसम्म दशौँ लालझाडी कप हुँदै

    Above Article Content Ad
  • पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिका–१० स्थित श्री लालझाडी युवा क्लब–११ ले आगामी मंसिर ३ देखि १३ गतेसम्म दशौँ लालझाडी कप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।

    ‘लागूऔषधविरुद्धको खोप, खेलाडी उत्पादनमा जोड’ भन्ने मूल नारासहित आयोजना हुने प्रतियोगितामा पुरुष तथा महिला खुला फुटबल खेल सञ्चालन गरिने आयोजकले सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।

    Article inline ad #1
  • पुरुषतर्फ विजेता टोलीले नगद ३ लाख रुपैयाँ र उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै, पहिलोपटक समावेश गरिएको महिला फुटबलतर्फ विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

    Article inline ad #2

    प्रतियोगितामा उत्कृष्ट खेलाडी तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई समेत नगद पुरस्कार प्रदान गरिनेछ। प्रतियोगिता सञ्चालन गर्न करिब २२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। सुदूरपश्चिम खेलकुद परिषद् मुख्य प्रायोजक रहने प्रतियोगितालाई पुनर्वास नगरपालिका र वडा नम्बर १० ले समेत आर्थिक सहयोग गर्ने जनाइएको छ।
    क्लबका अध्यक्ष काशीराम बोहराले प्रतियोगिताबारे जानकारी दिँदै यसले स्थानीय खेलाडीको प्रतिभा उजागर गर्न, युवालाई खेलकुदतर्फ आकर्षित गर्न र लागूऔषध दुर्व्यसनविरुद्ध जनचेतना फैलाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6