Above Article Ad
  • सुदूरपश्चिममा लागूऔषधसहित जेनजीहरु पक्राउ

    Above Article Content Ad
  • धनगढी : सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा प्रहरीले लागुऔषधसहित जेन–जी उमेर समूहका युवा तीन जनालाई पक्राउ गरेको छ।

    कैलालीको लम्कीचुहा नगरपालिका–४, कौवापुर शिविरका २० वर्षीय मिलन थापा मगर र २० वर्षीय राजेश देउवाको साथबाट २५ ग्राम गाँजा र ७० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।

    Article inline ad #1
  • त्यसैगरी, कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुरबाट प्रहरीले ३० वर्षीय हरिश जोशीलाई पक्राउ गरेको छ। उनको साथबाट ११ ग्राम ४० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो ।

    Article inline ad #2

    पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिएर प्रहरीले लागुऔषधसम्बन्धी आवश्यक अनुसन्धान तथा कानुनी कारबाही अघि बढाएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6