Above Article Ad
  • अस्पतालबाट नवजात शिशु लिएर गएकी महिला प्रहरी नियन्त्रणमा

    Above Article Content Ad
  • पर्सा – वीरगन्जस्थित नारायणी अस्पतालबाट नवजात शिशुलाई अनधिकृत रूपमा आफूसँगै लिएर हिँडेकी एक महिलालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

     

    प्रहरीले घटनामा संलग्न रहेको आरोपमा वीरगन्ज महानगरपालिका–१६ बस्ने आसमहम्मदकी पत्नी २७ वर्षीया सबिना खातुनलाई सोमबार दिउँसो १ बजे नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।

    Article inline ad #1
  • जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार खातुनले सर्लाहीको रामनगर गाउँपालिका–३, बहुअर्वा बस्ने रन्जय दासकी पत्नी २७ वर्षीया रिंकु देवीले शनिबार राति ११ बजे वीरगन्जस्थित नारायणी अस्पतालमा शल्यक्रियामार्फत जन्माएकी नवजात शिशु (बालक) लाई आफूसँगै लिएर गएकी थिइन् ।

    Article inline ad #2

    प्रहरीका अनुसार नवजात शिशु जन्मिएपछि खातुनले रिंकु देवीको सुत्केरी कुरुवा बसेकी आफन्त महिलासँग बच्चा खेलाउने बहाना बनाई अनधिकृत रूपमा आफूसँगै लगेकी थिइन् । सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी विशेष टोलीले खोजी थालेको थियो । प्रहरी टोलीले चोरी भएको नवजात शिशुलाई सकुशल उद्धार गरी आफन्तको जिम्मा लगाएको छ ।

    जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लले नवजात शिशुलाई अनधिकृत रूपमा आफूसँगै लैजानुको कारण तथा घटनामा अन्य व्यक्तिको संलग्नता भए–नभएको विषयमा समेत अनुसन्धान भइरहेको बताएका छन्

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6