
जापानमा नेपाली महिलाको शव फेला
Above Article Content Ad
काठमाडौं-जापानको फुकुओका सहरको मध्यभाग हुँदै बग्ने नदीमा भेटिएको शव नेपाली महिलाको भएको पुष्टि भएको छ। उक्त शव लक्ष्मी राजवंशीको भएको प्रहरीले जनाएको हो।
प्रहरीका अनुसार मृतक लक्ष्मीको अनुहार र टाउकोमा धेरै चोटका निशानहरू भेटिएका छन्। उनी बस्दै आएको कोठामा समेत रगतका दाग देखिएका छन्। यस्तै, आफूलाई बचाउने कोशिस गरेको देखिने प्रमाण फेला परेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार लक्ष्मी पार्टटाइम काम सकेर घर फर्किएपछि आक्रमणमा परेको हुन सक्ने आशंका गरिएको छ। त्यसपछि उनको शव नदीमा फालिएको हुन सक्ने प्रहरीको अनुमान छ।
Article inline ad #1
प्रहरीले अनुसन्धान मुख्यालय स्थापना गरी हत्यामा संलग्न व्यक्तिको खोजी तीव्र बनाएको छ। प्रहरीले घटनास्थल तथा मृतकको घरबाट प्राप्त प्रमाणहरूको विश्लेषण गर्नुका साथै उनको दैनिक गतिविधि र सम्पर्कमा रहेका व्यक्तिहरूबारे पनि अनुसन्धान गरिरहेको छ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















