Above Article Ad
  • कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ

    Above Article Content Ad
  • कैलाली घोडाघोडी नगरपालिका–१० लठैया स्थित भित्री सडक खण्डबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम १७० मिलिग्रामसहित सोही ठाउँ बस्ने २४ वर्षीय जितेन्द्र चौधरीलाई आइतबार दिउँसो इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो जितेन्द्रलाई सुदूरपश्चिम प्रदेश ०१–००८ प ५८३५ नम्बरको मोटरसाइकलमा सवार उनलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी मोटरसाइकलसहित पक्राउ गरेको जनाएको छ।

    Article inline ad #1
  • यसैगरी, टीकापुर नगरपालिका–१ ब्लक नं. २९ मेन्थाबाट अवैध लागूऔषध खैरो हेरोइन २७० मिलिग्रामसहित सोही ठाउँ बस्ने २५ वर्षीय नबिन भण्डारीलाई आइतबार साँझ इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ।

    Article inline ad #2

    यसैगरी, टीकापुर नगरपालिका–९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन ४ ग्राम ३२० मिलिग्रामसहित बर्दियाको राजापुर नगरपालिका–७ भिमापुर बस्ने २१ वर्षीय अमन चौधरीलाई आइतबार साँझ प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरी टोलीले उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6