Above Article Ad
  • गायक बद्री पंगेनी र गायिका हेमन्त भट्टराईको नयाँ तीज गित आज सार्वजनिक हुँदै

    Above Article Content Ad
  • काठमाडौं ।  हिन्दु नारीहरूको महान पर्व तीज २०८३ लाई लक्षित गर्दै गायक बद्री पंगेनी र गायिका हेमन्ता भट्टराईको स्वरमा नयाँ तीज गीत “पति पर्मेश्वर” सार्वजनिक हुने भएको छ।

    गायिका हेमन्ता भट्टराईको शब्द तथा संगीत रहेको उक्त तीज गीत आज (आइतबार) दिउँसो ४ बजे पुष्कर अवस्थीको युटुब च्यानल मार्फत सार्वजनिक हुनेछ।

    Article inline ad #1
  • गीतमा अविशेक खड्का, गीता ढुंगाना, पुष्कर अवस्थी र करुणा पाण्डेको अभिनय रहेको छ।

    Article inline ad #2

    तीजका नाममा पछिल्लो समय बढ्दो तडकभडकभन्दा फरक, पर्वको मौलिकता र पारिवारिक प्रेमको भाव बोकेको गीतका रूपमा यसलाई प्रस्तुत गरिएको छ। पार्वतीले भगवान् महादेवको दीर्घायु र सुख–समृद्धिको कामना गर्दै गरेको व्रतको धार्मिक भावलाई आधार बनाउँदै श्रीमान्–श्रीमतीबीचको प्रेम, विश्वास र समझदारीले परिवारमा सुख र खुसी ल्याउँछ भन्ने सन्देश गीतले दिनेछ।

    तीजको संस्कृति, प्रेम र पारिवारिक सम्बन्धलाई जोडेर तयार पारिएको यो गीतले दर्शक–श्रोताको मन जित्ने अपेक्षा गरिएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6