Above Article Ad
  • पुनर्वासमा १८ वर्षीय युवाको नेतृत्वमा ‘इगोलाइज पुनर्वास’ अभियान सुरू

    Above Article Content Ad
  • धनगढी- कञ्चनपुरको पुनर्वास नगरपालिका–५ ‘ग’ गाउँका १८ वर्षीय युवा अशोक रोयलको नेतृत्वमा ‘इगोलाइज पुनर्वास’ अभियान सुरु भएको छ। युवालाई सामाजिक काममा सक्रिय बनाउँदै पुनर्वास क्षेत्रको विकास र सरसफाइमा योगदान पुर्‍याउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो

    रोयलले आफ्नै पहलमा सुरु गरेको अभियानमार्फत पुनर्वास नगरपालिकाका विभिन्न स्थानमा रहेका बिग्रिएका सडक, सार्वजनिक स्थल तथा आसपासका क्षेत्रमा सरसफाइ, सुधार तथा निर्माणसम्बन्धी काम गर्ने योजना अघि सारिएको छ। अभियानले नगरभित्रका समस्यालाई पहिचान गरी सम्बन्धित निकायको ध्यानाकर्षण गराउने र स्थानीय स्तरमा आवश्यक सुधारका लागि पहल गर्ने लक्ष्य लिएको छ।

    Article inline ad #1
  • अभियानका नेतृत्वकर्ता रोयलका अनुसार युवालाई सामाजिक कार्यप्रति जागरुक र जिम्मेवार बनाउँदै आफ्नो ठाउँको विकासमा सक्रिय सहभागी गराउनु अभियानको मुख्य उद्देश्य हो। युवाहरूले चाहेमा आफ्नो समुदायमा सकारात्मक परिवर्तन ल्याउन सक्ने सन्देश दिन पनि अभियान केन्द्रित रहेको उनले बताए।

    Article inline ad #2

    पुनर्वासका विभिन्न स्थानमा रहेका सडक तथा सार्वजनिक स्थलको अवस्था सुधार गर्न स्थानीय युवाको सहभागिता बढाउने र आवश्यकताअनुसार सम्बन्धित स्थानीय निकायसँग समन्वय गर्ने अभियानको योजना छ।

    ‘इगोलाइज पुनर्वास’ अभियानले युवालाई जागरुक बनाउनुका साथै स्थानीय सरकारको ध्यान विकास निर्माण तथा सरसफाइका क्षेत्रमा केन्द्रित गराउन सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6