
एक वर्षमा १२ लाख ९८ हजार राजस्व सङ्कलन
Above Article Content Ad
बैतडी- बैतडी ट्राफिक प्रहरीले एक हजार ५०८ जना सवारी नियम उल्लङ्घनकर्ताबाट रु १२ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ।
यो रकम गत आर्थिक वर्षमा सङ्कलन गरिएको हो। उक्त कार्यालयका प्रवक्ता सुरज सिंहका अनुसार गत आवमा १७० ट्रक तथा ट्याङ्कर, १९ बस तथा मिनिबस, ७५४ जिप–कार–भ्यान, ९१ ट्याक्टर, ३५१ मोटरसाइकल र १२३ टेम्पोचालकलाई कारबाही गरिएको हो।
Article inline ad #1
गत आवमा उक्त जिल्लामा ६२ सवारीसाधन दुर्घटनामा परेका तथा तिनमा ३४ जनाको मृत्यु भएको जानकारी दिँदै उहाँले १७६ जना घाइते भएका बताए
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















