Above Article Ad
  • कञ्चनपुर डेङ्गुको जोखिममा सतर्कता अपनाउन आग्रह

    Above Article Content Ad
  • सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये सबैभन्दा बढी सङ्क्रमित कञ्चनपुरमै भेटिएपछि स्वास्थ्य निकायहरूले सतर्कता अपनाउन र समुदायस्तरमा रोकथामका गतिविधिलाई प्रभावकारी बनाउन आग्रह गरेका छन्।

    Article inline ad #1
  • स्वास्थ्य कार्यालयका औलो निरीक्षक तथा कीटजन्य रोग सम्पर्क व्यक्ति (फोकल पर्सन) सिद्धराज भट्टका अनुसार जनवरीमा पाँच, फेब्रुअरीमा छ, मार्चमा पाँच, अप्रिलमा सात, मेमा दुई र जुनमा तीन जना गरी २८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो।

    Article inline ad #2

    उनका अनुसार यही अवधिमा सुदूरपश्चिम प्रदेशभर कुल ७० जनामा सङ्क्रमण देखिएको छ। जसमा कञ्चनपुरपछि अछाममा १३, कैलालीमा १०, डडेल्धुरामा आठ, बझाङमा छ, डोटीमा तीन तथा दार्चुला र बैतडीमा एक–एक जना सङ्क्रमित फेलापरेका छन्।

    डेङ्गु ‘एडिस एजिप्टाई’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको सङ्क्रमित लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। यो लामखुट्टेले प्रायः सफा र जमेको पानीमा फुल पार्ने तथा दिउँसो बढी सक्रिय रहने भएकाले घर, विद्यालय, कार्यालय र सार्वजनिकस्थल वरपर पानी जम्न नदिन विशेष ध्यान दिन आवश्यक रहेको भट्टले बताए।

    “डेङ्गुका चार प्रकारका विषाणु हुन्छन्”, भट्टले भने, “एकपटक लागेको प्रकारको डेङ्गु पुनः नलागे पनि अर्को प्रकारको सङ्क्रमण हुनसक्छ, दोस्रोपटक हुने सङ्क्रमण अझ जटिल र जोखिमपूर्ण हुने भएकाले थप सचेत रहन आवश्यक छ।”

    डेङ्गुको सङ्क्रमणकाल सामान्यतया तीनदेखि १० दिनसम्म रहने गर्दछ। सङ्क्रमण भएपछि १०२ देखि १०३ डिग्री फरेनहाइटसम्म ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, पेट तथा जोर्नी दुख्ने, वाकवाकी लाग्ने, शरीरमा राता बिमिरा देखिने तथा गम्भीर अवस्थामा आन्तरिक वा बाह्य रक्तस्रावसमेत हुनसक्ने स्वास्थ्य कार्यालयले जनाएको छ।

    शुक्लाफाँटा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टले सङ्क्रमित व्यक्तिको समयमै परीक्षण र उपचार गर्न सके डेङ्गुबाट हुने मृत्युदर दुई प्रतिशतभन्दा कममा सीमित गर्न सकिने बताए।उनका अनुसार शिशु, गर्भवती, ज्येष्ठ नागरिक, मोटोपन भएका व्यक्ति, दीर्घरोगी तथा अत्यधिक रक्तस्राव भएका बिरामी डेङ्गुको उच्च जोखिममा पर्दछन्।

    उनले ज्वरो कम गर्न सिटामोल प्रयोग गर्न सकिने तर आइबुप्रोफेन र एस्पिरिनजस्ता औषधि चिकित्सकको सल्लाहबिना कदापि प्रयोग नगर्न सुझाव दिए। एउटा एडिस लामखुट्टेको आयु करिब ३० दिन हुन्छ। यस अवधिमा एउटा पोथी लामखुट्टेले पाँच सय देखि एक हजारसम्म अण्डा पार्न सक्छ। सङ्क्रमित लामखुट्टेको अण्डाबाट जन्मिने नयाँ लामखुट्टेमा पनि डेङ्गुको विषाणु रहन सक्छ।

    स्वास्थ्यकर्मी कृष्णराज जोशीका अनुसार डेङ्गु सार्ने लामखुट्टेका अण्डाहरू पानी नहुँदा पनि महिनौँसम्म जीवित रहन सक्छन्। त्यसैले पानी जम्न नदिनु नै यसको नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय हो। नेपालमा डेङ्गु पहिलोपटक २०६१ साल (सन् २००४) मा एक विदेशी नागरिकमा पुष्टि भएको थियो। त्यसयता यो सङ्क्रमण हरेक वर्ष विभिन्न जिल्लामा फैलिरहेको छ। हाल जलवायु परिवर्तन, तीव्र सहरीकरण, कमजोर रोग निगरानी प्रणाली, समयमै परीक्षणको अभाव, बसाइँसराइ र समुदायको न्यून सहभागितालाई डेङ्गु नियन्त्रणका प्रमुख चुनौतीका रूपमा औँल्याइएको छ।

    कञ्चनपुरका नौवटै पालिकामा डेङ्गु सार्ने लामखुट्टेको लार्भा खोजी तथा नष्ट गर्ने (सर्च एन्ड डिस्ट्रोय) कार्यक्रमका लागि आवश्यक बजेटको व्यवस्था भइसकेको औलो निरीक्षक भट्टले जानकारी दिए। यस अभियानअन्तर्गत लार्भा नष्ट गर्नेसँगै सरसफाइ, जनचेतना अभिवृद्धि, समुदाय परिचालन तथा छलफल र गोष्ठी सञ्चालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ।

    स्वास्थ्यकर्मीले गमला, फूलदानी, ड्रम, टायर र बट्टाहरू नियमित सफा गर्न, खानेपानीका ट्याङ्की ढाकेर राख्न, झ्यालढोकामा जाली लगाउन र दिउँसो सुत्दा पनि झुलको प्रयोग गर्न सर्वसाधारणमा अपिल गरेका छन्

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6