Above Article Ad
  • गायिका इब्सल सन्ज्यालले विवादपछि मागिन् सार्वजनिक माफी

    Above Article Content Ad
  • सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको लामो वक्तव्यमा सन्ज्यालले आफ्नो अभिव्यक्तिका कारण कसैको मन दुखेको वा अपमानको महसुस भएको भए त्यसका लागि अन्तरहृदयदेखि क्षमा चाहेको उल्लेख गरेकी छन्। उनले सम्पूर्ण अछामवासीसँग दुई हात जोडेर माफी माग्दै आफ्नो नियत गलत नभएको जिकिर गरेकी छन्।

    Article inline ad #1
  • एक टेलिभिजन अन्तर्वातमा सन्ज्यालले अछाम जिल्लामा छाउपडी प्रथा रहेको र उक्त प्रथा अछामीहरूले अमेरिकामा समेत अभ्यास गर्दै आएको बताएकी थिइन्। उक्त अभिव्यक्तिपछि सामाजिक सञ्जालमा गायिका सन्ज्यालको तीव्र आलोचना भएको छ।

    Article inline ad #2

    सन्ज्यालले आफू अमेरिकामा नबसेको र त्यहाँको अवस्थाबारे प्रत्यक्ष जानकारी नभएको स्वीकार गर्दै, त्यस सम्बन्धमा दिएको अभिव्यक्तिप्रति क्षमा मागेकी हुन्।

    उनका अनुसार विद्यालय अध्ययनकालदेखि नै छाउपडी प्रथाविरुद्ध आवाज उठाउँदै आएकी उनी महिनावारी स्वास्थ्य, सरसफाइ र मर्यादित अभ्यासबारे सामाजिक सञ्जालमार्फत सचेतनामूलक सामग्री तयार गर्दै आएकी थिइन्। सोही क्रममा अमेरिकामा बस्ने एक शुभेच्छुकसँग भएको टेलिफोन संवादका आधारमा आफूले एउटा उदाहरण सुनेको र त्यसै विषयले आफ्नो मनमा प्रश्न उत्पन्न गरेको उनले बताएकी छन्।

    उनले सोही प्रसङ्ग पछि न्युज २४ को ‘ई–टक’ कार्यक्रममा सामाजिक अभियानबारे बोल्ने क्रममा उक्त विषय आफ्नो अभिव्यक्तिमा आएको उल्लेख गरेकी छन्। आफ्नो भनाइ कुनै नियतवश अछामवासीको सम्मान, प्रतिष्ठा वा अस्तित्वमाथि प्रहार गर्ने उद्देश्यले नभएको उनको दाबी छ।

    सन्ज्यालले आफ्नो भनाइको मूल्याङ्कन छोटो भिडियो क्लिपका आधारमा नभई पूरा अन्तर्वार्ता हेरेर गर्न आग्रह गर्दै, आफूले सामाजिक विकृतिविरुद्ध आवाज उठाउने उद्देश्यले मात्र अभिव्यक्ति दिएको स्पष्ट पारेकी छन्।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6