Above Article Ad
  • बेलौरीमा विज्डम एकेडेमीको बसको ठक्करले मोटरसाइकल चालक गम्भीर घाइते

    Above Article Content Ad
  • बेलौरी-कञ्चनपुरको बेलौरीमा विद्यालय बसको ठक्करबाट एकजना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा मोटरसाइकल चालक बेलौरी नगरपालिका-३ पडाउ बस्ने २९ वर्षीय महेश राना रहेका छन्। उनलाई तत्काल उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

    मंगलबार दिउँसो बेलौरी -३ मा खिरियाबाट फटैयातर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ क २६२७ नम्बरको विज्डम एकेडेमी विद्यालयको बसले विपरीत दिशाबाट आउँदै गरेको सु.प.प्र.०१-०११ प ७०७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

    Article inline ad #1
  • घटनापछी बस र बस चालक बेलौरी- ४ निवासी ४६ वर्षीय विज्ञान महर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरीक्षक टेक बहादुर रावतले बताए।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6