Above Article Ad
  • आँचल बमले लेखिन निर्मला प्रकरणबारे लामो स्पष्टिकरण

    Above Article Content Ad
  • धनगढी- निर्मला पन्त हत्या प्रकरणमा पटक–पटक नाम जोडिँदै आएकी आँचल बमले सामाजिक सञ्जालमार्फत लामो टिप्पणी सार्वजनिक गर्दै आफू निर्दोष रहेको दाबी पुनः दोहोर्‍याएकी छन्।उनले यो नै आफ्नो अन्तिम प्रतिक्रिया भएको बताउँदै अब उक्त घटनासँग सम्बन्धित कुनै पनि विषयमा नबोल्ने स्पष्ट पारेकी छन्।

    आँचल बमका अनुसार, निर्मलाको घटना २०७५ साउन १० गते भएको र विवादित अम्बाको रुख १६ वा १७ गते मात्र काटिएको हो। उनले रुख काट्नुको कारण प्रमाण नष्ट गर्नु नभई घरमा हुने अनावश्यक भीडभाड, चोरी तथा बालबालिकाको सुरक्षाका कारण रहेको दाबी गरेकी छन्। ‘प्रहरीको दबाबमा रुख काटिएको भन्ने कुरा पूर्ण रूपमा झूट हो,’ उनले उल्लेख गरेकी छन्।

    Article inline ad #1
  • उनले घरको भित्ता रंग्याएर प्रमाण मेटाइयो भन्ने आरोप पनि अस्वीकार गरेकी छन्। घटनाको समयमा तथा त्यसपछिका १–२ वर्षसम्म घरमा कुनै पनि पेन्ट नगरिएको उनको भनाइ छ। उनले त्यसबेला पत्रकार रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने स्वयं घरमा आएर प्रत्यक्ष रूपमा कुनै रंग नगरिएको देखेको दाबी पनि गरेकी छन्।

    Article inline ad #2

    आँचल बमले आफूहरूलाई कुनै एसपीको छोरा, मेयरको भतिजा वा अन्य भिआइपीले संरक्षण गरेको भन्ने आरोपलाई पनि मनगढन्ते भनेकी छन्। ‘हाम्रा सबै कल डिटेल प्रहरीले जाँच गरिसकेको छ, हामी १०० प्रतिशत निर्दोष छौँ,’ उनको भनाइ छ। उनले आफ्नी दिदीले कुनै डान्स बारमा काम नगरेको र निर्मलालाई कपडा किनिदिएको वा होटलमा जन्मदिन मनाएको जस्ता हल्लाहरू पनि असत्य रहेको बताइन्।

    घटनाको समयमा आफू १४ वर्षकी नाबालक भएको उल्लेख गर्दै उनले मानव अधिकारकर्मी र केही सञ्चारमाध्यमबाट आफूलाई चरित्र हत्या गरिएको आरोप लगाइन्। हिरासतमा रहँदा समेत कसैले साथ नदिएको र उल्टै अपमानजनक व्यवहार भोग्नुपरेको उनको भनाइ छ।

    आँचल बमले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली वा कुनै सरकारको संरक्षणमा आफू छुटेको भन्ने दाबीलाई पनि खारेज गरिन्। ‘हामी निर्दोष भएकाले कानुनले सफाइ दिएको हो,’ उनले भनिन्। हालको राजनीतिक परिस्थितिलाई उल्लेख गर्दै उनले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको नामसमेत उल्लेख गरेकी छन्।

    उनले सामाजिक सञ्जालमा झूट र अफवाह फैलाउनेहरूमाथि कडा अनुसन्धान र कारबाही गर्न नेपाल सरकारसँग माग गरेकी छन्। ‘प्रमाण छ भने अदालतमा साबित गर, मुखले बोलेर केही हुँदैन,’ उनको चेतावनी छ।

    निर्मला पन्त हत्या प्रकरण नेपालकै सबैभन्दा संवेदनशील र चर्चित घटनामध्ये एक मानिन्छ। यस प्रकरणमा निर्मला पन्तका लागि न्यायको माग जारी रहँदा, आरोप–प्रत्यारोप र विवाद भने अझै अन्त्य हुन सकेको छैन

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6