Above Article Ad
  • काठमाडौँमा माग्नेको भेषमा बालिका अपहरणको प्रयास

    Above Article Content Ad
  • काठमाडौं –काठमाडौंमा माग्नेको भेषमा बालिका अपहरणको प्रयास भएको छ । आज बिहान काठमाडौंको मनोहरामा एक पुरुष माग्नेको भेषमा घरमा पुगेर खेलिरहेकी बालिकाको अपहरणको प्रयास गरेको प्रहरीले जनाएको छ ।

    पैसा माग्दै आएका अन्दाजी ४०/४२ वर्षका व्यक्तिको घरमा खेलिरहेकी पाँच वर्षीया बालिकालाई विष्कुट किन्दिन्छु भनेर फकाएर अपहरणको प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।

    Article inline ad #1
  • स्थानीयले खबर गरेपछि प्रहरीले अपहरणको प्रयास गर्ने आफ्नो नाम टीकराम महाराजजी बताउने व्यक्तिलाई पक्राउ गरेको हो ।सोधपुछका क्रममा उनले आफू ललितपुरको एक पाटीमा बस्दै आएको बताएको एसपी भट्टराईले जानकारी दिए ।

    Article inline ad #2

    “सोधपुछका क्रममा उनको मानसिक अवस्था ठिक रहेको जस्तो देखिएको छैन,” एसपी भट्टराईले भने, “हामी थप अनुसन्धान र सोधपुछका क्रममा छौँ ।”

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6