
कञ्चनपुरमा बाघको आक्रमणबाट वन हेरालु घाइते
Above Article Content Ad
कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिकामा पाटेबाघको आक्रमणबाट वन हेरालु घाइते भएका छन्।
एकता सामुदायिक वनमा सोमवार पाटे बाघले आक्रमण गर्दा वन हेरालु सन्तराम चौधरी घाइते भएका हुन्। जिल्लास्थित डिभिजन वन कार्यालय कञ्चनपुरका डिभिजन कार्यालय प्रमुख लक्ष्मीराज जोशीले कृष्णपुर नगरपालिका–६ स्थित एकता सामुदायिक वनमा सोमवार बाघले आक्रमण गर्दा वन हेरालु चौधरी घाइते भएको जानकारी दिए।
Article inline ad #1
“घाइते चौधरीको अत्तरिया अस्पतालमा उपचार हुँदैछ”, उनले भने, “वन क्षेत्रमा कामको सिलसिलामा गएका बेला बाघले चौधरीलाई आक्रमण गरेको हो ।” वन कार्यालयले लालझाडी जङ्गल क्षेत्रमा आवतजावत गर्दा सर्तकता अपनाउन सबैमा आग्रह गरेको छ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















