Above Article Ad
  • धनगढीमा आर्मी ब्यारेक अगाडि ट्याक्टरले ठक्कर दिदा स्कुटर चालकको मृत्यु

    Above Article Content Ad
  • धनगढी -धनगढीमा ट्याक्टरले ठक्कर दिदा स्कुटर चालकको मृत्यु भएको छ ।

    मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड अन्तरगत धनगढी उपमहानगरपालिका–४ स्थित नेपाली सेनाको ब्यारेक नजिकै नम्बर नखुलेको ट्याक्टरले सुपप्र०१०१४ प२६२८ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

    Article inline ad #1
  • दुर्घटनामा स्कुटर चालक अछामको मेल्लेख गाउँपालिका–६ घर भएका ३७ वर्षीया प्रभाकर भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

    Article inline ad #2

    गम्भीर अवस्थामा सेती प्रादेशिक अस्पताल पुगाइएका उनलाई चिकित्सकले मृत घोषणा गरेको तिमिल्सिनाले बताए । दुर्घटनापछि ट्याक्टर चालक र सहचालक फरार भएका छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6