Above Article Ad
  • अमेरिकाबाट फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

    Above Article Content Ad
  • स्याङ्जा – स्याङ्जाको पुतलीबजार नगरपालिका–४ का वडा अध्यक्ष शिवबहादुर थापा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी आरोपमा पक्राउ परेका छन् । पीडितको उजुरीका आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले सोमबार कास्कीबाट थापालाई पक्राउ गरेको हो ।

    ब्युरोका प्रहरी उपरीक्षक राजन लिम्बुले थापा पक्राउ परेको पुष्टि गर्दै घटनाबारे थप अनुसन्धान अघि बढाइएको जानकारी दिएका छन् ।२०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका थापाले १ हजार १२३ मत प्राप्त गर्दै एमालेका रुद्रप्रसाद पोखरेललाई ३८७ मतान्तरले पराजित गरेका थिए ।

    Article inline ad #1
  • निर्वाचित भएपछि करिब १५ महिना वडा अध्यक्षको जिम्मेवारी सम्हालेका थापा २०८० भदौ १५ गते स्वास्थ्य उपचार गर्न भन्दै सम्पर्कविहीन बनेका थिए । पछि उनी अमेरिका पुगेको खुलेको थियो ।

    Article inline ad #2
    स्थानीय स्रोतका अनुसार थापाले केही व्यक्तिलाई पैदल मार्ग हुँदै अमेरिका पुर्‍याएको र केहीसँग रकम लिएर अलपत्र पारेको आरोप लाग्दै आएको थियो । करिब साढे दुई वर्षपछि उनी नेपाल फर्किएका थिए ।

    थापा विदेशमा रहेका बेला पनि पुतलीबजार नगरपालिकाले २०८० भदौदेखि २०८१ असारसम्मको सेवा–सुविधाबापत २ लाख ७६ हजार १९० रुपैयाँ भुक्तानी गरेको थियो । त्यसपछि भने २०८१ साउनदेखि उनको सेवा–सुविधा रोकिएको नगरपालिकाले जनाएको छ ।

    नेपाल फर्किएपछि पुन: वडा कार्यालयमा सक्रिय देखिएका थापा अहिले भने मानव बेचबिखनसम्बन्धी मुद्दामा प्रहरी हिरासतमा पुगेका छन् ।प्रहरीले भने मुद्दासम्बन्धी थप तथ्य संकलन तथा अनुसन्धान जारी रहेको जनाएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6