Above Article Ad
  • कञ्चनपुरका पत्रकार धामीलाई समाचार लेखेको विषयमा प्रहरीको पक्राउ पुर्जी, महासंघको आपत्ति

    Above Article Content Ad
  • कञ्चनपुर-नेपाल पत्रकार महासंघका साधारण सदस्य बासुदेव धामी (विमल) विरुद्ध समाचार लेखेकै विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ पूर्जी जारी गरेको घटनाप्रति नेपाल पत्रकार महासंघ, कञ्चनपुर शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    महासंघले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त कार्यको भत्र्सना गरेको छ र मुद्दा तत्काल खारेज गर्न माग गरेको छ । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथले दिएको उजुरीका आधारमा पत्रकार धामीमाथि पक्राउ पूर्जी जारी गरिएको हो ।

    Article inline ad #1
  • महासंघले प्रकाशित समाचारप्रति चित्त नबुझेमा वा कुनै असन्तुष्टि भएमा त्यसको निरुपण गर्ने निकाय प्रेस काउन्सिल नेपाल भएको स्पष्ट कानुनी व्यवस्था हुँदाहुँदै, पत्रकारलाई तर्साउने र सिङ्गो पत्रकारिता जगतलाई त्रसित बनाउने उद्देश्यले विद्युतीय कारोबार ऐनको दुरुपयोग गरिएको ठहर गरेको छ ।

    Article inline ad #2

    “कुनै पनि समाचारप्रति असन्तुष्टि, आपत्ति वा समस्या भएमा प्रेस काउन्सिल नेपालमा उजुरी गर्न सकिने स्पष्ट कानुनी व्यवस्था छ,“ महासंघका सचिव कुन्दन पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “प्रेस काउन्सिलको क्षेत्राधिकार मिच्ने गरी विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा दर्ता गर्नु र पक्राउ पूर्जी जारी गर्नु संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्धको कदम हो।“

    महासंघले केन्द्रीय साइबर ब्यूरोको निर्देशनमा जिल्ला प्रहरी कार्यालयले पक्राउ पूर्जी जारी गर्नुले समग्र सञ्चार क्षेत्रमै त्रास सिर्जना भएको उल्लेख गरेको छ । सार्वजनिक सरोकारका विषयमा समाचार प्रकाशन तथा प्रसारण गर्नु पत्रकारको पेशागत धर्म भएको स्मरण गराउँदै महासंघले समाचारको विषयलाई लिएर मुद्दा दर्ता गर्ने र पक्राउ पूर्जी जारी गर्ने कार्य बन्द गर्न माग गरेको छ ।

    विज्ञप्तिमा पत्रकार धामीमाथि लगाइएको मुद्दा तत्काल खारेज गरी उक्त विषयलाई छानबिनका लागि प्रेस काउन्सिलमा पठाउन प्रहरी प्रशासनसँग जोडदार माग गरिएको छ । साथै, यस घटनापछि पत्रकार धामी र उनको परिवारले असुरक्षित महसुस गरेकाले उनीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाउन पनि सम्बन्धित निकायसँग अनुरोध गरिएको छ ।

    नेपाल पत्रकार महासंघ, कञ्चनपुर शाखाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफू सधैँ उभिने प्रतिबद्धता जनाउँदै संविधानले सुनिश्चित गरेको अधिकारको सम्मान गर्न र संयमित हुन सबै पक्षलाई आग्रह गरेको छ ।

    साथै, सम्पूर्ण पत्रकार तथा सञ्चारकर्मीहरूलाई आचारसंहिताको पूर्ण पालना गर्दै सत्यतथ्य, निष्पक्ष र जिम्मेवार भएर समाचार सम्प्रेषण गर्न पनि अनुरोध गरेको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6