
कैलालीमा लाइन बस्नुपर्ने झन्झट अन्त्य, जनताको घरमै राहदानी
Above Article Content Ad
धनगढी- जिल्ला प्रशासन कार्यालय कैलालीले अब आफ्ना सेवाहरू जनताको घरदैलोमै पुर्याउने व्यवस्था सुरु गरेको छ ।
संघीय सरकारको नीति अनुसार राहदानी, नागरिकता राष्ट्रिय परिचयपत्र हुलाकमार्फत घरमै पठाउने कार्य औपचारिक रूपमा सुरु गरिएको हो।जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख हिरालाल रेग्मीले सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै आज मात्रै करिब दुई सय सेवाग्राहीका राहदानी हुलाकमार्फत पठाएर सेवाको सुरुवात गरिएको जानकारी दिए ।
Article inline ad #1
उनका अनुसार अब सेवाग्राहीले लामो समय लाइनमा बस्नुपर्ने झन्झट अन्त्य हुँदै गएको छ। “कार्यालयबाट प्रदान गरिने सेवा जनताको घरमै पु¥याउने लक्ष्यका साथ काम अघि बढाएको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी रेग्मीका अनुसार तत्काललाई राहदानी हुलाकमार्फत सेवाग्राहीको घरमै पठाउने व्यवस्था गरिएको बताउनु हुँदै उहाँले बिस्तारै कार्यालयले दिने अन्य सेवा समेत जनताको घरमै पुगाने गरि काम भइरहेको बताए ।
जसका कारण सेवा प्रवाहलाई थप छिटो, सहज र प्रभावकारी हुने र विशेष गरी टाढाटाढाबाट सेवा लिन आउने नागरिकलाई यसले ठूलो राहत मिल्ने उनको भनाइ छ ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















