
सुदूरपश्चिमेली नेपाली समाज क्रोएसियाको अध्यक्षमा पुनर्वासका चेतन बिसी
क्रोएसिया- सुदूरपश्चिमबाट रोजगारीका लागि युरोपको क्रोएसियामा पुगेका नेपालीहरूले एकता, सहकार्य र सांस्कृतिक पहिचानको संरक्षण गर्ने उद्देश्यले सुदूरपश्चिमेली नेपाली समाज क्रोएसिया गठन गरेका छन्।
सो सुदूरपश्चिमीले नेपाली समाजको सोमबार भएको दोस्रो अधिवेशनबाट कञ्चनपुरको पुनर्वास नगरपालिका ५ स्थायी घर भएका चेतन बिसीले अध्यक्षको जिम्मेवारी पाएका हुन् ।
अधिवेशनबाट बिसीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको हो ।
नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अकबर सिंह ठगुन्ना चयन भएका छन्। त्यस्तै, उपाध्यक्षमा बिक्की बिक्रम शाही र महिला उपाध्यक्षमा शिला चापागाईं चयन भएका छन्।
समितिको महासचिवमा श्याम बहादुर सावद, सचिवमा उपहार प्रताप सिंह, कोषाध्यक्षमा नवराज ओझा र सह-कोषाध्यक्षमा जंग बहादुर धामी चयन भएका छन्।
यसैगरी, सदस्यहरूमा शंकर रोकाया, भुवन ओझा, प्रविन चन्द रहेका छन् भने खेल संयोजकमा ललित बिक चयन भएका छन्।
नयाँ नेतृत्व सम्हालेसँगै अध्यक्ष बिसीले नेपालीहरूलाई आइपर्ने समस्याका विषयमा आफू लगायतको नयाँ टिमले समस्याको समाधानका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।















