Above Article Ad
  • कैलालीमा एसइईमा १८ हजार बढी विद्यार्थी सहभागी हुँदै

    Above Article Content Ad
  • कैलाली –कैलाली जिल्लाबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा १८ हजारभन्दा बढी विद्यार्थी सहभागी हुने भएका छन्। शिक्षा विकास तथा समन्वय एकाइ कैलालीका प्रमुख ईश्वरी प्रसाद ज्ञवालीका अनुसार कुल १८ हजार ३६४ परीक्षार्थीमध्ये ९ हजार ६०५ छात्रा र ८ हजार ७५९ छात्र रहेका छन्।

    यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सुरु भई चैत २९ गतेसम्म सञ्चालन हुनेछ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको तालिकाअनुसार परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गरिनेछ।

    Article inline ad #1
  • परीक्षाका लागि जिल्लामा ५५ वटा केन्द्र तोकिएका छन्। प्रत्येक केन्द्रमा केन्द्राध्यक्ष नियुक्ति, परीक्षा केन्द्र निर्धारण तथा उत्तरपुस्तिका सम्बन्धित केन्द्रमा पठाउने काम सम्पन्न भइसकेको जनाइएको छ। साथै, प्रश्नपत्र जिल्ला प्रहरी कार्यालय कैलालीमा आइपुगेको र केही दिनभित्र नजिकका इलाका प्रहरी कार्यालयमार्फत परीक्षा केन्द्रमा पुर्‍याइने तयारी भइरहेको छ।

    Article inline ad #2

    प्रमुख ज्ञवालीले विद्यार्थीहरूलाई आवश्यक तयारी गरेर बिना डर–त्रास आत्मविश्वासका साथ परीक्षामा सहभागी हुन आग्रह गरेका छन्। परीक्षालाई सहज र व्यवस्थित रूपमा सञ्चालन गर्ने तयारी पूरा भएको पनि उनले बताएका छन्।

    गत वर्ष २०८१ को एसइईमा कैलालीबाट १८ हजार ७५१ विद्यार्थी सहभागी भएका थिए, जसमध्ये ७ हजार ५२३ जना (करिब ४० प्रतिशत) उत्तीर्ण भएका थिए। त्यसमध्ये ७ जना विद्यार्थीले ४ जीपीए हासिल गरेका थिए, जसमा १ जना सामुदायिक र ६ जना निजी विद्यालयका विद्यार्थी रहेका थिए।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6