Above Article Ad
  • कैलालीमा धान रोप्ने चारपाङ्ग्रे मेसिनको उद्घाटन

    Above Article Content Ad
  • टीकापुर-कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले मेसिनको प्रयोगमार्फत श्रमशक्ति र उत्पादन लागत घटाउँदै कृषिलाई आधुनिक बनाउने दिशामा सरकार अघि बढिरहेको बताएका छन्। बुधबार कैलालीमा धान रोप्ने चारपाङ्ग्रे मेसिनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

    मन्त्री परियारले नेपालले लामो समयदेखि देखेको कृषि आधुनिकीकरणको सपना अहिले क्रमशः पूरा हुँदै गएको उल्लेख गर्दै किसानले प्रयोगका क्रममा दिएका सुझावका आधारमा यस्ता मेसिन थप गर्दै जाने सरकारको नीति रहेको बताए। साथै उनले यस वर्ष मलखादको अभाव हुन नदिन सरकार सक्रिय रहेको पनि जानकारी दिए।

    Article inline ad #1
  • राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ कैलालीको आयोजनामा जानकी गाउँपालिका–४ कञ्चनपुरमा रहेको बीजवृद्धि कृषि सहकारी संस्थाको दुई बिघा जमिनमा मेसिन प्रयोग गरी चैते धान रोपाइँ गरिएको हो। मेसिनमार्फत चैते धान रोपाइँ पहिलो पटक गरिएको कार्यक्रम भएकाले संघीय सरकारका मन्त्रीसँगै सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा पनि कार्यक्रममा सहभागी भएका थिए।

    Article inline ad #2

    प्रदेशमन्त्री थापाले सुदूरपश्चिम प्रदेश सरकारले ‘एक पालिका दुई उत्पादन ब्लक’ कार्यक्रम अन्तर्गत चैते धान खेतीमा अनुदान प्रदान गरिरहेको र सफल भए आगामी तीन वर्षसम्म प्रदेश सरकारबाट निरन्तर सहयोग हुने बताए।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6