
अनमोल प्रेसको प्रथम वार्षिकउत्सव सम्पन्न
पुनर्वास -कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा रहेको कृपान्शी मिडिया प्रा.लि.द्वारा सञ्चालित अनमोल प्रेसको प्रथम वार्षिक उत्सव सम्पन्न भएको छ।
बुधबार एक भव्य समारोहका बीच पुनर्वास ६ स्थित पुनर्वास सम्राट रेस्टुरेन्टको सभा हलमा अनमोल प्रेसको प्रथम वार्षिकउत्सव सम्पन्न भएको हो।
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल बिओपी आपतालका सशस्त्र प्रहरी निरीक्षक विजय प्रताप सिंहले सीमा क्षेत्रको सुरक्षा, सामाजिक सद्भाव र जनचेतना अभिवृद्धिमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने बताउनुभएको थियो।
त्यसैगरी, इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीले अनमोल प्रेसको सफलताको शुभकामनासँगै व्यावसायिक पत्रकारिताले समाजको वास्तविक चित्रण गर्ने जानकारी दिनुभयो।
स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख, बैंक प्रतिनिधि, नागरिक समाज तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थितिमा रहेको थियो । अनमोल प्रेसका अध्यक्ष केशव भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सम्पादक सुरज श्रेष्ठले गर्नुभएको थियो।















