Above Article Ad
  • आजदेखि मदिरा बिक्री–सेवनमा रोक

    Above Article Content Ad
  • धनगढी- निर्वाचन आयोगले आजदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थको बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

    निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका, २०७८ को दफा ३ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकबाट पारित सुरक्षा योजनाका आधारमा उक्त निर्णय गरिएको हो। समग्र सुरक्षा अवस्थाको समीक्षा तथा मार्गदर्शनका आधारमा आयोगले गृह मन्त्रालयलाई आवश्यक निर्देशन दिएको जनाएको छ।

    Article inline ad #1
  •  

    Article inline ad #2

    आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई निर्देशन दिन गृह मन्त्रालयलाई आग्रह गरेको छ। साथै, जिल्ला आचारसंहिता अनुगमन समितिलाई तोकिएका संयन्त्र परिचालन गरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०८२ विपरीतका गतिविधि हुन नदिन र भएमा तत्काल कानुनी कारबाही गरी आयोगलाई जानकारी गराउन भनिएको छ।

    मतदानको दिन एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवा, सुरक्षा निकायका सवारी, विद्युत्, खानेपानी तथा ढल मर्मतका सवारीसाधन निर्वाध सञ्चालन हुनेछन्। दूरसञ्चार मर्मतका सवारी, कूटनीतिक नियोगका सवारी तथा पास प्राप्त सवारीसाधन पनि सञ्चालनमा रहनेछन्।

    तर सार्वजनिक तथा निजी सवारीसाधन फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते मतदान सम्पन्न नभएसम्म सञ्चालन गर्न रोक लगाइएको छ। यद्यपि अन्तरराष्ट्रिय तथा आन्तरिक हवाई उडान भने यथावत रहनेछन्। टिकट भएका यात्रुलाई विमानस्थल–घर वा होटल आवतजावतका लागि सहजीकरण गरिने आयोगले जनाएको छ।

    यी कागजात देखाएर मतदान गर्न पाइने
    प्रतिनिधिसभा सदस्य निर्वाचन (मतदान) निर्देशिका, २०८२ अनुसार मतदाताले मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र देखाएर मतदान गर्न सक्नेछन्।

    यसैगरी राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमतिपत्रमध्ये कुनै एक कागजात लिएर पनि मतदान गर्न पाइनेछ। मतदाता नामावलीमा नाम भएका मतदातालाई मतदान गर्न पाउने विषयमा सम्बन्धित सुरक्षाकर्मी र कर्मचारीलाई सूचना प्रवाह गर्ने निर्णय गरिएको आयोगले जनाएको छ।

    मतदानका दिन सवारी पास वितरणका लागि आयोगको सचिवालय परिसरमा विशेष एकाइ स्थापना गरिनेछ, जहाँ आयोग र जिल्ला प्रशासन कार्यालयका कर्मचारी खटाइने व्यवस्था मिलाइनेछ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6