Above Article Ad
  • सुदूरपश्चिम धनगढी बसपार्क देखी काठमाडौँ सम्म यातायातको राजगद्‍दी एक्सप्रेस सेवा सञ्चालन

    Above Article Content Ad
  • धनगढी – सुदूरपश्चिम यातायातले ठूलो लगानीका बस सेवा सुरु गरेको छ।राजगद्‍दी एक्सप्रेस नाम दिइएको उक्त बस सेवाको एक कार्यक्रमका बिच शुक्रवार देखि सञ्चालनमा ल्याइएको छ । धनगढी बसपार्क देखी काठमाडौँ सम्म ती बसहरू सञ्चालन हुने छन्।

    कैलाली उधोग वाणिज्य संघ अध्यक्ष पुष्करराज ओझाले सुदुरपश्चिम यातायातले निजि क्षेत्रको प्रतिनिधित्व गरेर यहाँको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए। उनले आगामी दिनमा नयाँ बसहरूमा पनि सुन्दरपश्चिम पोष्टर अभियान चलाइने बताए।यस्तै राष्ट्रिय यातायात व्यवसायी महासंघका प्रदेश अध्यक्ष टेक राज जोशीले आफुहरूले यस क्षेत्रमा यातायात को क्षेत्रमा ठुलो लगानी गरेको भएपनि सरकारले उपेक्षा गरेको आरोप लगाए। उनले धनगढी बसपार्क माछा बजार जस्तो भएकाले यसको उचित व्यवस्थापन गरिनुपर्ने बताए।

    कैलाली बहुमुखी क्याम्पसका पुर्ब क्याम्पस प्रमुख डा। हेमराज पन्तले सुप यातायातले यस क्षेत्र को यातायातमा मात्रै नभएर अन्य सामाजिक क्षेत्रको विकासमा पनि योगदान पुर्‍याएको बताए। उनले नाम अनुसार को राजगद्‍दी सेवा बसले दिने विश्वास व्यक्त गरे।

    Article inline ad #1
  • सुन्दूरपश्चिम यातायात व्यवसायी संघका अध्यक्ष पदम सापकोटाले राजगद्‍दी बसले यात्रुहरूलाई गुणस्तरीय सेवा दिने बताए। उनले बसमा लगानी मात्रै बढाएर नहुने चालक परिचालकले पनि यात्रु मैत्री व्यवहार गर्नुपर्ने सुझाव दिए।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6