
कञ्चनपुरमा दुर्घटना हुँदा एक जनाको मृत्यु
Above Article Content Ad
धनगढी – कञ्चनपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको वेदकोट नगरपालिका–८ आमथलामा शुक्रवार दिउँसो दुर्घटना भएको हो।
भारतको बिहारका अवधेशकुमार महतोले चलाएको नयाँ बसला बनाउने आर्गाे मिक्सरसँग वेदकोट नगरपालिका–७ सुडाका ३१ वर्षीय शिव रानाले चलाएको म २ प ८४०२ नम्बरको मोटरसाइकल ठोकिएको हो। सवारी दुर्घटनामा घाइते भएका रानाको महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरमा उपचारका क्रममा मृत्यु भएको हो। मोटरसाइकलको पछाडि सवार सोही ठाउँका भीम राना घाइते भएका छन्। उनको महाकाली प्रादेशिक अस्पतालमा उपचार जारी रहेको छ।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad















