Above Article Ad
  • दुःखी र पिडितका साहारा बनेका छन् कांग्रेस कञ्चनपुरका नेता गोपी उपाध्याय  

    Above Article Content Ad
  • पुनर्वास- सरकारले किसानलाई दिँदै आएको अनुदान रकममा केही कटौती गरेपछि देशभरका उखु किसान यतिबेला आन्दोलनमा छन्।

    सरकारले आर्थिक वर्ष २०८१/०८२ मा अनुदानको रकम घटाएर प्रति क्विन्टल ३५ रुपैयाँ मात्र दिने घोषणा गरेपछि उखु किसानहरूले बाँकी अनुदान रकम भुक्तानीको माग गर्दै आईतबारदेखि काठमाडौँको माइतीघर मण्डलामा देशभरका हजारौं किसान सडक आन्दोलन गर्न  बाध्य भएका हुन्।

    Article inline ad #1
  • यही आन्दोलनमा कञ्चनपुरबाट पनि थुप्रै उखु किसानहरू सहभागी भएका छन्। सोहि आन्दोलनमा उखु किसानको न्यायका लागि राजधानीमा छातीमा पम्प्लेट टाँसेर सडकमा किसानहरूसँगै सरकारले गरेको निर्णय सच्याउनुपर्ने माग राख्दै नेपाली कांग्रेसका नेता तथा कञ्चनपुर निर्वाचन क्षेत्र नं १ का क्षेत्रीय सभापति गोपी प्रसाद उपाध्याय पनि होमिएका छन्।

    Article inline ad #2

    हरपल जनताकै सेवामा देखिने नेता उपाध्याय  यस अघि निस्वार्थ भावनाले अशक्त र अपाङ्गता भएका व्यक्तिहरूलाई घरघरमा व्हीलचेयर वितरण, क्लबहरूलाई खेलकुद सामग्री वितरण र जनताका विभिन्न समस्यामा अग्रसर थिए ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6