Above Article Ad
  • सांसद तामाङद्वारा शुक्लाफाँटा आरक्ष विस्थापितका समस्या समाधान गर्न माग

    Above Article Content Ad
  • महेन्द्रनगर – नेकपा एमालेका नेता एवं कञ्चनपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद तारा लामा तामाङले कञ्चनपुरको शुक्लाफाँटा आरक्ष विस्थापितको समस्या समाधान गर्न माग गर्नुभएको छ ।

    सोमबार प्रतिनिधि सभाको शून्य समयमा बोल्नुहुँदै सांसद तामाङले आरक्ष विस्थापितको समस्या दीर्घकालीन रुपमा समाधान गर्न सरकार सँग माग गर्नुभएको हो । सांसद तामाङका अनुसार, विसं २०५८ सालमा शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हाल राष्ट्रिय निकुञ्ज) विस्तारका क्रममा विस्थापित भएका नागरिकको पुनस्र्थापनाका लागी सरकारले ३२ वटा आयोग गठन गरेर करोडौं रकम खर्च भइसक्दा पनि समस्या समाधान हुन सकेको छैन ।“आरक्ष विस्थापितहरू कञ्चनपुरको ढक्का शिविर सहित अन्य शिविरहरूमा अत्यन्त कष्टकर जीवन बिताइरहेका छन्, सांसद तामाङले भन्नुभयो–‘छिटो भन्दा छिटो मानवीय हिसाबले बस्ती र आरक्षपिडितहरुको न्यूनतम आवश्यकता भए पनि तत्काल समाधान गरी पीडितहरूको दीर्घकालीन समाधानको लागी सरकार सँग अनुरोध गर्दछु ।

    ”साथै, प्रतिनिधि सभाको शून्य समयमा बोल्नुहुँदै सांसद तामाङले कञ्चनपुर र कैलालीमा बाढी डुबानको समस्या समाधान गर्न पनि सरकार सँग माग गर्नुभएको छ । महाकाली नदी, चौधर नदी लगायत विभिन्न खोलामा विगत ३÷४ वर्षदेखि नदीजन्य पदार्थ ननिकालिँदा नदी खोलामा पानी निकास हुन नपाएकाले यथाशीघ्र नदीजन्य पदार्थ निकाल्ने व्यवस्था मिलाउन समेत सांसद तामाङले सरकार सँग माग गर्नुभएको छ ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6