Above Article Ad
  • बिल,सम्झौता बिनै सुदूरपश्चिमका मिडियालाई लाखौ पैसा बाँड्दै प्रदेश सरकार

    Above Article Content Ad
  • धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले मिडियाहरूलाई रकम बाँडिरहेको खुलासा भएको छ । प्रदेशको आर्थिक मामिला मन्त्रालयले बिना बिल, बिना सम्झौतामा ठुलो रकम मिडियाका नाममा जम्मा गरिरहेको पाइएको हो ।

    हालै धनगढीको एक मिडिया हाउस पश्चिम टुडे मिडिया हाउसमा बिना बिल, बिना सम्झौतामा ३ लाख ३४ हजार रुपैयाँ जम्मा गरेको पाइएको हो । तर सो मिडिया हाउसका अध्यक्ष दीर्घराज उपाध्यायले भने आफूले कुनै पनि बिल नदिएको र भुक्तानी पनि लिनु नपरेको भए पनि प्रदेश सरकारले सो रकम पठाउँदा आफू अचम्मित भएको बताए ।

    Article inline ad #1
  • उनले एक यो उदाहरण घटनाले मिडियाका नाममा प्रदेश सरकारले के कसरी रकम बाँडिरहेको छ भन्ने यो घटनाले प्रस्ट पारेको उनी बताउँछन् । पछि सो रकमबारे खोजीनिती गर्दा अर्कै कुनै मिडियालाई दिन खोजेको तर सो रकम पश्चिम टुडे मिडिया हाउसमा जम्मा हुन गएको मन्त्रालयले बताएको उपाध्यायको भनाई छ । आर्थिक वर्षको अन्तिम समयमा यसरी मिडियालाई बिना बिल, बिना सम्झौता रकम बाडीनुले सुदूरपश्चिम प्रदेश सरकारमाथि प्रश्न चिन्ह खडा भएको छ ।

    Article inline ad #2

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6