
आजको राशिफल हेर्नुस्
कतै जानुअघि त्यहाँको अवस्थाबारे विचार गर्नुपर्नेछ । कुनै कुराले मनमा झर्को लाग्न सक्छ । जति सक्यो मौन र तटस्थ बस्नु नै राम्रो हुनेछ ।
कसैले तपाईंको मन चोर्ने प्रयास गर्न सक्छन् । आफ्नो गोपनीयतामा अडिग रहनुपर्ने बेला छ । नबोली र नगरी नहुने कुरामा मात्र अघि सर्नु उचित हुनेछ ।
मन उत्साहित बन्दा सबै काममा सहजता हुनेछ । पारिवारिक वातावरण सुखद रहनेछ । आर्थिक गतिविधिका काममा संलग्न रहनुपर्ला ।
तपाईंको सहजता विचारेर काम गर्ने प्रयत्न हुनेछ । सबैतिरबाट अपेक्षित साथ र सहयोग पाइनेछ । कुनै कामविशेषले कतै निस्किनुपर्ने हुन सक्छ ।
आफ्नो कामका लागि समय निस्कनेछ । कतै घुमघाम गर्ने सम्भावना रहेको छ । मनोरञ्जनात्मक कार्यमा मन आकृष्ट हुन सक्छ ।
अरूको लहैलहैमा लाग्दा आफैंलाई घाटा होला । अनावश्यक खर्चको योग छ । आफ्नै सुझबुझले काम गर्नुपर्ने अवस्था छ ।
योजनाअनुरूप कामको कार्यान्वयन हुनेछ । कुनै कुरामा आर्थिक लगानी हुन सक्छ । मनपर्ने क्रियाकलापमा आफूलाई सरिक गराइनेछ ।
समय सँगसँगै क्रमशः काम सक्दै गइनेछ । कुनै कामको पूर्णताले मन ढुक्क रहनेछ । मनले पुनर्ताजगीको अनुभव गर्नेछ ।
नजानिँदो गरी कुनै कुराले व्यस्त बनाउला । कुनै कुराले मनमा हिचकिचाहट हुन सक्छ । ग्यास्ट्रिक/कब्जियतका बिरामीले खानपानमा सजग रहनुपर्नेछ ।
मन चञ्चल बन्दा काममा अलमल होला । सकारात्मक सोचमा रहन सके काममा सहज होला । आफैंले आफ्नो मनलाई सम्झाउनुपर्ने अवस्था छ ।
कतै जाने प्रबन्ध मिल्न सक्छ । सवारीसाधनसम्बन्धी कुनै काम गर्नुपर्ने हुन सक्छ । प्रायः सबै काम आफ्नै दिशानिर्देशनमा सम्पन्न हुनेछन् ।















