Above Article Ad
  • पुनर्वासमा ब्राउन सुगर प्रकरण : अनुसन्धानका लागि दोस्रो पटक १५ दिन म्याद थप

    Above Article Content Ad
  • पुनर्वास- असार ६ गते शुक्रबार साँझ कञ्चनपुरको पुनर्वास नगरपालिका ६ स्थित पुनर्वास सम्राट रेस्टुरेन्टको होटलमा बसेर ब्राउन सुगरको कारोबार गरिरहेको अवस्थामा दुईजनालाई प्रहरी पक्राउ गरेको थियो।

    पक्राउ परेका दुवै जनालाई असार ८ गते आइतबार सम्मानित कञ्चनपुर जिल्ला अदालतबाट पहिलो पटक दिन १० (दश ) म्याद थप गरि अनुसन्धान कार्य अगाडि बढाइएपनि दोस्रो पटक १५ दिन म्याद थप गरी अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ।

    Article inline ad #1
  • लागुऔषध नियन्त्रण ब्यूरो टोली र ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको प्रहरी टोलीको गहिरो निगरानीपछि उनीहरूलाई  पक्राउ गर्न प्रहरी सफल भएको थियो ।

    Article inline ad #2

    उनीहरूको साथबाट फेला परेको परिणाम हेर्दा सुदुरपश्चिममै अहिले सम्मको बढि २ सय ७३ ग्राम ब्राउन सुगर रहेको प्रहरी तथ्याङ्कले देखाएको छ।
    घटना अनुसन्धानकै चरणमा भएकाले सबै कुरा खोल्न नमिल्ने इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक महेशविक्रम शाहीले बताउनुभयो।

    पक्राउ परेका कञ्चनपुरको पुनर्वास नगरपालिका-६ का ५० वर्षीय दिपक बिसी र दार्चुलाको महाकाली नगरपालिका-३ का ४२ वर्षीय नरसिंह महरालाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको हिरासतमा राखिएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6