Above Article Ad
  • भारतको गुजरातस्थित अहमदाबादमा एक ठूलो विमान दुर्घटना

    Above Article Content Ad
  • काठमाडौंः भारतको गुजरातस्थित अहमदाबादमा बिहीवार एक ठूलो विमान दुर्घटना भएको छ।

    टाइम्स अफ इन्डियाका अनुसार एअर इण्डियाको फ्लाइट नम्बर १७१ विमानमा २३० यात्रु, २ पाइलट र १० जना क्रु मेम्बर थिए। दुर्घटनापछि आकाशमा बाक्लो धुवाँ देखिएको छ। विमान बस्ती नजिकै दुर्घटना भएकाले जनधनको ठूलो क्षति हुने आशंका गरिएको छ। घटनास्थलमा दमकल र एम्बुलेन्ससहित उद्धार टोली परिचालित भइसकेका छन्

    Article inline ad #1
  • विमानले अहमदाबाद विमानस्थलबाट लण्डनका लागि उडान भरेको केहीबेरमै दुर्घटनामा परेको हो। दुर्घटनाको कारणबारे छानबिन गर्न आदेश दिइएको छ भने एयरपोर्ट क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरिएको छ।
    दुर्घटनापछि अहिले अहमदाबाद विमानस्थलमा उडान अवतरण बन्द गरिएको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6