Above Article Ad
  • बैतडीमा एक सय ३३ जनाको आँखाको निःशुल्क शल्यक्रिया

    Above Article Content Ad
  • बैतडीः बैतडीको पञ्चेश्वर गाउँपालिकामा सञ्चालन भएको निःशुल्क आँखा शल्यक्रिया शिविरमा एक सय ३३ जनाको आँखाको शल्यक्रिया गरिएको छ।

    बिहीबार र शुक्रबार कुलाउ स्वास्थ्य चौकीमा सञ्चालन भएको आँखा शिविरमा मोतीबिन्दु र आँखामा मासु पलाएका एक सय ३३ जनाको शल्यक्रिया गरिएको गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत नारायणराम सार्कीले जानकारी दिए।

    Article inline ad #1
  • यसअघि जेठ ६ गते गाउँपालिका–५ को गणमेश्वर आधारभूत विद्यालयमा सञ्चालन गरिएको छनोट शिविरमा ३१ जनामा मोतिबिन्दुको समस्या देखिएकोमा उनीहरूको कुलाउमै शल्यक्रिया गरिएको उहाँले बताए। शिविरमा छ सय ६२ जनाको आँखाको जाँच गरेर औषधि तथा दुई सय ६५ जनालाई निःशुल्क चश्मा वितरण गरिएको सार्कीले जानकारी दिए। नागरिकलाई आफ्नै ठाउँमा सेवा दिने उद्देश्यले विभिन्न निकायसँगको साझेदारीमा शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए। स्थानीयस्तरमै शिविर सञ्चालन हुँदा अधिकांश ज्येष्ठ नागरिकले सेवा लिएका गाउँपालिका उपाध्यक्ष विना भट्टले बताए।

    Article inline ad #2

    गाउँमै गुमेको आँखाको ज्योति फर्किएपछि स्थानीय खुसी भएका छन् । “आँखाको ज्योति गुमेपछि घरमै थन्किएकी थिए। शिविरमार्फत गाउँघरमै गुमेको ज्योति फर्किएपछि निकै खुसी लागेको छ”, स्थानीय जयमति चन्दले भने। पञ्चेश्वर गाउँपालिकाको आयोजना, च्यारिटी हेल्थ फाउण्डेसन नेपालको आर्थिक सहयोग, धनगढी नेत्रालय र श्रीकृष्ण आँखा अस्पताल प्रालि टीकापुरको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6