Above Article Ad
  • मानव शरीरले कति तापक्रम सहन सक्छ ?

    Above Article Content Ad
  • काठमाडौं । अत्यधिक तापक्रम हाम्रो शरीर र स्वास्थ्य दुवैको लागि हानिकारक हुन्छ ।

    केही मानिसका लागि अत्यधिक तापक्रम घातक पनि हुनसक्छ । जो मानिसहरू धेरै गर्मी सहन गर्न सक्दैनन्, उनीहरूको मृत्यु पनि हुनसक्छ । यद्यपि, धेरैजसो मानिसको शरीरले अत्यधिक गर्मी र चिसो दुवै सहन सक्छ ।सन् १९९५ मा नेपालको कैलालीको धनगढीमा सबैभन्दा अधिकतम तापक्रम ४६.४ डिग्री सेल्सियस मापन गरिएको थियो । गर्मी मौसममा नेपालको तराई क्षेत्रमा औसत तापक्रम ३७ डिग्री सेल्सियस पुग्ने गर्छ । यस्तो अवस्थामा तपाईंको दिमागमा पनि यो प्रश्न उठ्न सक्छ – आखिर यत्रो गर्मीमा मानिस कसरी जीवित रहन सक्छ ? कति तापक्रममा मानिसको लागि खराब हुन सक्छ ?

    Article inline ad #1
  • मानव शरीरले कति तापक्रम सहन गर्न सक्छ ?

    वैज्ञानिककाअनुसार मानव शरीरको सामान्य तापक्रम ९८.६ डिग्री फरेनहाइट हुन्छ । यो तपाईंको वरिपरिको वातावरण अर्थात् बाहिरी तापक्रमको ३७ डिग्री सेल्सियस बराबर हुन्छ । मानिस तातो रगत भएको स्तनधारी प्राणी हो । मानिस एक विशेष प्रणाली होमियोस्टेसिसद्वारा संरक्षित रहन्छ ।

    Article inline ad #2

    होमियोस्टेसिस प्रक्रियाले शरीरको तापक्रम नियन्त्रण गर्न मद्दत गर्छ । मानव शरीरले ३५ देखि ३७ डिग्री सम्मको तापक्रम बिना कुनै समस्या सहन सक्छ । जब तापक्रम ४० डिग्रीभन्दा बढी हुन थाल्छ, मानिसहरूलाई समस्या हुन थाल्छ । वास्तवमा ४१/४२ डिग्रीभन्दा माथिको शरीरको तापक्रम हाइपरथर्मिया मानिन्छ र यो जीवनलाई नै खतरा हुने मेडिकल इमर्जेन्सी हो । यसले मानिसको मृत्यु हुनसक्छ ।

    शरीरले कसरी अत्यधिक तापक्रम सहन्छ ?

    हाइपोथलामस दिमागको एक अत्यन्तै महत्त्वपूर्ण भाग हो, जसले शरीरको तापक्रम, भोक, तिर्खा, निद्रा, र हर्मोन सन्तुलनजस्ता क्रियाहरू नियन्त्रण गर्छ । यसको काम गर्नको लागि पनि अन्य मस्तिष्कका भागहरूलाई जस्तै ऊर्जा आवश्यक पर्छ ।

    मानव शरीरले खाना खाँदा कार्बोहाइड्रेट, प्रोटिन, र फ्याटबाट ग्लुकोज प्राप्त हुन्छ । यो ग्लुकोज रगतमार्फत मस्तिष्कका विभिन्न भागहरूमा पुग्छ, जसमा हाइपोथलामस पनि पर्दछ । हाइपोथलामसले यही रक्तमा रहेको ग्लुकोजबाट ऊर्जा प्राप्त गर्छ ।

    जब शरीरको तापक्रम बढ्छ, हाइपोथलामसले रक्त नलीहरूलाई फैलाउँछ, जसले छालाबाट बढी ताप निस्कन मद्दत गर्छ, पसिना निकाल्छ, जसले शरीरलाई चिसो बनाउँछ, सास फेर्ने दर बढाउँछ, जसले पनि केही हदसम्म ताप सन्तुलनमा भूमिका खेल्छ । यी क्रियाहरूबाट हाइपोथलामसले वातावरणसँग शरीरको तापमान नियन्त्रण गर्छ ।

    त्यसैले मानिस तापक्रम अत्यधिक हुँदा पनि त्यसलाई सहेर जीवित रहन्छ । यद्यपि, जहाँ मौसम एकनासको हुँदैन, त्यस्ता ठाउँहरूमा ४५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम मानिसहरूका लागि खतरनाक मानिन्छ । यद्यपि, मानिस अधिकतम कति तापक्रममा जीवित रहन सक्छ भन्नेबारे कुनै ठोस जवाफ छैन । हाम्रो पृथ्वीमा विभिन्न प्रकारका वातावरणहरू छन् र विभिन्न क्षमताका शरीरहरू पनि । फेरि पनि, अत्यधिक तापक्रममा सावधानी अपनाउनु राम्रो हुन्छ ।

    जब हाम्रो शरीर अत्यधिक गर्मीमा हुन्छ, यसले आफ्नो कोर तापक्रम कायम राख्ने प्रयास गर्छ । क्लिनिकल अध्ययनअनुसार बाहिरी तापक्रम बढ्दा शरीरले विशेष तरिकाले प्रतिक्रिया गर्छ । वास्तवमा शरीरको ७० प्रतिशतभन्दा बढी भाग पानीले बनेको छ ।अर्को शब्दमा भन्नुपर्दा हाम्रो शरीरमा भएको पानीले बाहिरी बढ्दो तापक्रममा शरीरको कोर तापक्रम स्थिर राख्न गर्मीसँग लड्छ । यस प्रक्रियामा हामीलाई पसिना आउँछ । यसले शरीरलाई चिसो राख्छ ।

    स्वास्थ्य विशेषज्ञकाअनुसार यदि तापक्रम ४५ डिग्री छ भने बेहोस हुने, रिङ्गटा लाग्नेजस्ता समस्याहरूका कारण रक्तचाप कम हुनु सामान्य समस्याहरू हुन् । यदि तपाईं ४८ देखि ५० डिग्री वा त्योभन्दा बढी तापक्रममा धेरै बेरसम्म बस्नुभयो भने, मांसपेशीहरूले पूर्ण रूपमा काम गर्न छोड्छन् र मृत्यु पनि हुनसक्छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6