Above Article Ad
  •  चितवनमा ब्रेन क्यान्सर पीडित पत्रकार बानियाँको निधन

    Above Article Content Ad
  • काठमाडौं : चितवनको पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान दिँदै आएकी संगीता बानियाँको निधन भएको छ ।

    ब्रेन क्यान्सरबाट पीडित बानियाँको उपचारको क्रममा बिहीबार बिहान पौने ३ बजेतिर चितवन मेडिकल कलेजमा निधन भएको हो स्वर्गीय बानियाँको पार्थिव शरीर केहिबेरमा भरतपुर-१६ शिवनगरस्थित आफ्नै घरमा लगेर अन्तिम संस्कारको लागि देवघाट लगिँदैछ । त्यसपछि अन्तिम संस्कारका लागि पार्थिव शरीर देवघाट लगिनेछ।

    Article inline ad #1
  • उनका जेठाजु श्याम सिलवालका अनुसार बानियाँको उपचारका लागि आर्थिक संकलन अभियान समेत सञ्चालन गरिएको थियो । बानियांँलाई शुरुवातमा स्तन क्यान्सर देखिए पनि स्तन क्यान्सर पूर्णरुपमा निको भएको थियो । तर, पछिपछि ब्रेन क्यान्सर देखिएपछि उनको अवस्था गम्भीर बन्दै गएको थियो।

    Article inline ad #2

    स्थानीय शिवशक्ति रेडियोमा लामो समयदेखि कार्यरत बानियाँ पत्रकार महासंघ चितवन शाखाकी सक्रिय सदस्य थिइन् । उनको असामयिक निधनले चितवनको पत्रकारिता क्षेत्र शोकमग्न बनेको छ

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6