Above Article Ad
  • कैलालीमा मोटरेबल पुल निर्माणको काम अलपत्र पारेर थेगिन कन्स्ट्रक्स्न सम्पर्क विहीन

    Above Article Content Ad
  • धनगढी ः कैलालीमा मोटरेबल पुल निर्माणको काम अलपत्र पारेर थेगिन कन्स्ट्रक्स्न सम्पर्क विहीन भएको छ।

    जिल्लाको कैलारी गाउँपालिका– ३ सुर्मीनाला मोटरेबल पुल थेगिनले अलपत्र परेको हो।
    पूर्वाधार कार्यालय, कैलाली र थेगिन कन्स्ट्रक्सनबिच २०७७ साउन १८ गते सम्झौता भएको थियो। सम्झौतामा अनुसार निर्माण कम्पनीले २०७८ पुस १८ गतेभित्र पुल निर्माण सम्पन्न गर्नुपर्ने थियो। तर, चार वर्ष बिते पनि सो पुल अधुरै रहेको छ। पुल नै अलपत्र छोडेर निर्माण कम्पनी भागेको स्थानीयले बताएका छन्। कामदारहरूको ज्याला भुक्तानी नभएपछि कामदारहरू काम गर्न छोडेर गएका हुन्। अहिले पुल निर्माणको सबै काम अलपत्र छ।

    Article inline ad #1
  • स्थानीयवासीले आवात जावातको लागि निर्माण गरेको काठे पुलको ठाउँमा प्रदेश सरकारले पक्की पुल निर्माणको ठेक्का सम्झौता गरेको हो। प्रदेश सरकार मातहतको पूर्वाधार कार्यालयले पुल निर्माणका लागि चार करोड ९६ लाख ९१ हजार ४९३ रुपैयाँ बजेटसहित थेगिन कन्स्ट्रक्सन कम्पनीसँग सम्झौता गरेको थियो। तर, हालसम्म निर्माण सम्पन्न नहुँदा स्थानीयवासीलाई सास्ती भएको हो।

    Article inline ad #2

    पूर्वाधार विकास कार्यालय धनगढीका प्रमुख रामचन्द्र खत्रीले निर्माण व्यवसायीको काम गर्ने नियत राम्रो नभएको प्रतिक्रिया दिए। आफूहरूले पटक–पटक ताकेता गर्दा पनि निर्माण कम्पनीले काम नगर्दा समस्या आएको उनले बताएका छन। खत्रीले अझै काम नगरे सम्झौता नै रद्द गर्ने अवस्था आउन सक्ने चेतावनीसमेत दिएका छन्।

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6