Above Article Ad
  • सुदूरपश्चिममा ४,०९१ सवारी कारबाहीमा, ३४ लाखभन्दा बढी राजस्व संकलन

    Above Article Content Ad
  • कञ्चनपुर-सुदूरपश्चिम प्रदेशमा ट्राफिक प्रहरीले असार महिनाभर सञ्चालन गरेको ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षा अभियान प्रभावकारी देखिएको छ।

    नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने ४ हजार ९१ वटा सवारी साधनलाई कारबाही गर्दै ३४ लाख ५१ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन गरिएको छ।

    Article inline ad #1
  • ट्राफिक प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ४७३ चालकलाई कारबाही गरिएको छ। उनीहरूबाट २ लाख ५५ हजार ५०० रुपैयाँ जरिवाना असुल गरिएको छ। साथै, तीन चरणमा गरिएको लागुऔषध परीक्षण (लापसे) मा ८ जना चालकमा लागुऔषध सेवन पुष्टि भएपछि थप कानुनी कारबाहीका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा पठाइएको कार्कीले बताउनुभयो।।

    Article inline ad #2

    असार महिनाभर ५८७ वटा ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरी २ लाख २६ हजार ६ सय ६६ जनालाई ट्राफिक नियमबारे सचेत गराइएको छ। ओभरलोड नियन्त्रण अभियानअन्तर्गत क्षमताभन्दा बढी भार बोकेका ११ वटा मालवाहक सवारी साधनलाई कारबाही गरी ५१ हजार रुपैयाँ जरिवाना गरिएको छ।

    सार्वजनिक यातायातलाई सुरक्षित र प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत हालसम्म प्रदेशभर २०० सार्वजनिक सवारी साधनमा जीपीएस र सीसीटीभी जडान गरिएको छ। यसबाट दुर्घटनाको कारण पहिचान, यात्रुको सुरक्षा तथा चोरी र दुर्व्यवहारजस्ता घटनामा कमी ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको बताउनुभयो।

    सवारी परीक्षण कार्यालय अत्तरियासँगको संयुक्त अभियानमा १५१ सवारी साधनको यान्त्रिक परीक्षण गरिएको छ भने चोरी नियन्त्रण अभियानअन्तर्गत २८ वटा मोटरसाइकल नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ।

    यस्तै, ४२० सवारी साधनमा पुनः नम्बर प्लेट जडान, नियमविपरीत प्रयोग भएका २६ वटा ठूला हर्न हटाउने तथा २८२ सवारी साधनबाट कालो सिसा हटाउने कार्य पनि सम्पन्न गरिएको ट्राफिक प्रहरी प्रमुख कार्कीले बताए।
    उनका अनुसार सडक सुरक्षालाई थप प्रभावकारी बनाउन प्रविधिको प्रयोग पनि विस्तार गरिएको छ। प्रदेशभरका ट्राफिक युनिटमा सीयूजी मोबाइल सिम वितरण, अत्तरियास्थित ट्राफिक कार्यालयमा सीसीटीभी जडान, राजमार्गमा सञ्चार हेडसेट वितरण, दुर्घटना न्यूनीकरणका लागि कन्भेक्स मिरर जडान तथा चिसापानी क्षेत्रमा एएनपीआर क्यामेरा परीक्षणको काम गरिएको छ।
    यसका साथै सार्वजनिक सवारी चालकको निःशुल्क आँखा तथा स्वास्थ्य परीक्षण, ‘सुरक्षित चालक–सुरक्षित यात्रा’ अभियान, ई–स्कुटर अभिलेखीकरण, पहाडी जिल्लामा दुर्घटना न्यूनीकरणका विशेष निर्देशन तथा रातो नम्बर प्लेटका सवारी साधनमाथि निगरानी बढाउने कार्यसमेत सञ्चालन गरिएको कार्यालयले जानकारी दिनुभयो।

    ट्राफिक प्रहरीले जरिवाना असुलीमा मात्र सीमित नभई सडक सुरक्षा, चालक अनुशासन, यात्रुको सुरक्षा र प्रविधिमार्फत प्रभावकारी ट्राफिक व्यवस्थापनलाई प्राथमिकतामा राखेर अभियान सञ्चालन गरिएको

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6