Above Article Ad
  • गाजामा नुन खाएर भोक मेटाउँदै बालबालिका, १२४ को मृत्यु

    Above Article Content Ad
  • काठमाडौं– गाजामा इजरायलले खाद्यान्न आपूर्तिमा अवरूद्ध गर्दा बालबालिकाहरू नुन खाएर भोक मेट्न बाध्य भएका छन् ।

    इजरायल–हमास युद्ध सुरु भएको २२ महिनामा हालसम्म भोकमरीका कारण १२४ जनाको मृत्यु भइसकेको छ, जसमध्ये ८१ जना बालबालिका छन्। केवल जुलाई महिनामै भोकका कारण ४० जनाको मृत्यु भएको छ, तीमध्ये १६ बालबालिका छन्।गाजामा रिपोर्टिङ गरिरहेका पत्रकारहरूका अनुसार त्यहाँ ५० ग्रामको बिस्कुटको मूल्य एक हजार रुपैयाँ भन्दा बढी पर्ने अवस्था छ । नगद पैसा झिक्नका लागि ४५ प्रतिशतसम्म कमिसन दिनुपर्छ।

    Article inline ad #1
  • इजरायलले विदेशी पत्रकारहरूलाई प्रवेश निषेध गरेका कारण त्यहाँबाट स्थानीय सञ्चारकर्मीहरूले रिपोर्टिङ गरिरहेका छन् ।बालबालिका लगायतका मानिसहरू नुन चाटेर र पानी पिएर पेट भर्नुपर्ने बाध्यतामा छन्। एक पत्रकारका अनुसार २१ महिनामा उनको तौल ३० किलोले घटेको छ, उनी थकान र रिंगटासँग जुधिरहेका छन्।

    Article inline ad #2

    कुपोषणले ज्यान गुमाउने बढ्दै

    दक्षिण गाजाको सबैभन्दा ठूलो नासिर अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीका अनुसार गाजाका सबै मानिसहरू भोकमरीको संकटसँग जुधिरहेका छन्। कुपोषणका कारण ज्यान गुमाउने बालबालिकाको संख्या निरन्तर बढिरहेको छ।

    उनका अनुसार युद्ध सुरु हुँदा अस्पतालमा सबैभन्दा बढी घाइतेहरू हवाई आक्रमणबाट पीडित हुन्थे तर अहिले ती स्थानमा कुपोषणग्रस्त बालबालिका आएका छन्।

    उता, संयुक्त राष्ट्रसंघले गाजाको एक तिहाइ जनसंख्या धेरै दिनमा एकचोटि मात्र खाना पाउने अवस्थामा छन् ।

    हवाई मार्गबाट सहायता सुरु

    इजरायली सेनाले गाजामा हवाई मार्गबाट सहायता पुर्‍याउन सुरु गरिसकेको छ। यसअघि एक इजरायली सुरक्षा अधिकारीले सीएनएनसँग बताए अनुसार गाजामा भोकमरी संकटपछि उत्पन्न दयनीय मानवीय अवस्थाप्रति बढ्दो अन्तर्राष्ट्रिय आलोचनाबीच इजरायलले विदेशी मुलुकहरूलाई हवाई मार्गबाट सहायता पुर्‍याउन अनुमति दिनेछ।

    इजरायलका लागि अमेरिकास्थित राजदूत येचिएल लाइटरले शनिबार जनाएका अनुसार इजरायली सेनाले आइतबारदेखि गाजाका लागि मानवीय कोरिडोर खोल्नेछ । यसको उद्देश्य गाजावासीका लागि सहायता बढाउनु हो।

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हमास शान्ति होइन, मृत्यु खोजिरहेको प्रतिक्रिया दिएका छन् । उनले इजरायललाई गाजामा लक्ष्य पूरा गर्न र सैन्य कारबाही तीव्र बनाउन आग्रह गरेका छन्।ट्रम्पले भने, ‘इजरायलले हमासलाई सम्पूर्ण रूपमा समाप्त गर्ने समय आइसकेको छ । त्यसलाई निखार्नैपर्छ ।’

    गाजाको सरकारी मिडियाका अनुसार गत महिला इजरायली सेनाले प्यालेस्टिनी जनतालाई लागूपदार्थ (ड्रग्स) दिइरहेको आरोप लगाएको थियो । गाजा ह्युम्यानिटेरियन फाउन्डेसनले बाँडेका पीठोको बोरामा अक्सिकोडोन नामक लागूपदार्थका गोलीहरू भेटिएका उनीहरूको आरोप छ ।जीएचएफ इजरायली सेनाद्वारा सञ्चालित छ र अमेरिकाबाट समर्थन पाएको संस्था हो।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6