Above Article Ad
  • जेन्जी आन्दोलनको क्रममा कैलाली र कञ्चनपुरमा २२ नेताका २५ घर जले

    Above Article Content Ad
  • धनगढी-जेन्जी आन्दोलनको क्रममा कैलाली र कञ्चनपुरका नेताहरूको घरमा तोडफोड र आगजनी गरिएको विवरण प्रहरीले सार्वजनिक गरेको छ। कैलाली र कञ्चनुरमा २१ जना नेताका २४ घर तथा निजी निवासमा आगजनी र तोडफोड गरिएको हो। कञ्चनुरमा १२ नेता तथा कैलालीमा १० जना नेताको निजी घरमा आगो लगाइएको प्रहरीको प्रारम्भिक तथ्याङ्कले देखाएको छ।

    यी हुन् कञ्चनपुरमा घर जलेका नेताहरू

    Article inline ad #1
  • कञ्चनपुरमा निवर्तमान गृहमन्त्री रमेश लेखकदेखि कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीको घरमा तोडफोड र आगजनी गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ।

    Article inline ad #2

    काँग्रेस नेता तथा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य लेखकको बेदकोट–८ र भीमदत्त–१८ मा रहेका दुई घरमा आगजनी र तोडफोड गरिएको छ भने सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलको भीमदत्त–६ मा रहेको घरमा आगजनी, तोडफोड र लुटपाट गरिएको प्रहरीले जनाएको छ।

    यस्तै, पूर्व मन्त्री एवं प्रदेश सभा सदस्य प्रकाश रावलको भीमदत्त–६ मा रहेको एक घरमा आगो लगाउनुको साथै तोडफोड गरिएको छ। भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीको वडा नम्बर २ र १८ मा रहेका दुई वटा घरमा तोडफोड र आगजनी गरिएको छ।

    भीमदत्त नगरपालिकाकी उप–प्रमुख निलम लेखकको भीमदत्त–१८ मा रहेको घरमा आगो लागाउनुको साथै तोडफोड गरिएको छ भने एमाले नेतृ निरु पालको भीमदत्त –४ र १७ मा रहेको दुई घरमा आगो लगाइएको प्रहरीले जनाएको छ।

    प्रदेश सभा सदस्य मधु भारतीको भीमदत्त–१८ मा रहेको एक घर, बेदकोट नगरपालिकाका मेयर भोजराज बोहराको एक घर तथा पूर्व नगर प्रमुख सुरेन्द्र बिष्टको एक घरमा पनि आन्दोलनकारीले आगजनी र तोडफोड गरेका हुन्।
    जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराको भीमदत्त–४ मा रहेको घरमा पनि आन्दोलनका क्रममा तोडफोड र आगजनी गरिएको छ भने कृष्णपुर नगरपालिकाका प्रमुख हेमराज ओझाको कृष्णपुर–६ मा रहेको घरमा समेत आगजनी र तोडफोड गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ।

    कैलालीमा क-कसको घर जल्यो ?

    कैलालीमा पूर्व मन्त्री एवं नेकपा एमालेका नेता लेखराज भट्टको अत्तरियास्थित घरमा आगो लगाइएको हो। नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरी, गोदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्ट, पूर्व मेयर हरिसिंह साउँद, काँग्रेस नेता वसन्त रोकाया गोदावरी(२ का वडा सदस्य देवराज भट्टको घर जलाइएको हो। यस्तै टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा, कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरी, घोडाघोडी नगरपालिकाका मेयर खडक रावतको घर आन्दोलनको क्रममा जलाइएको कैलाली प्रहरीले जनाएको छ। धनगढीमा भने काँग्रेस सभापति शेरबहादुर देउवाको निजि निवासमा आन्दोलनकारीले आगो लगाएका हुन्।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6