Above Article Ad
  • नेपाल पानी उद्योग महासंघले लागत बढेको भन्दै पिउने पानीको मूल्य बढाउने निर्णय

    Above Article Content Ad
  • काठमाडौँ – नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको मूल्य समायोजन (वृद्धि) गर्ने निर्णय गरेको छ ।

    कच्चा पदार्थको मूल्यमा भएको भारी वृद्धि र ढुवानी खर्च बढेका कारण पुरानै मूल्यमा उद्योग सञ्चालन गर्न नसकिने भन्दै महासंघले मूल्य बढाउने निर्णय गरेको हो ।

    Article inline ad #1
  • आज एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले हाल पानी उद्योगमा प्रयोग हुने बोतल, क्याप, र्‍यापिङ रोल, जार र जार क्याप लगायतका कच्चा पदार्थको मूल्यमा करिब ४० प्रतिशतसम्म वृद्धि भएको जनाएको छ । साथै, पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण ढुवानी लागत पनि उल्लेख्य रूपमा बढेको महासंघको भनाइ छ ।

    Article inline ad #2

    पछिल्लो समय विकसित अन्तर्राष्ट्रिय परिस्थिति, विशेषगरी इरान–इजरायल तनाव र इरान–अमेरिका सम्बन्धका कारण विश्व बजार र आपूर्ति प्रणालीमा परेको प्रभावले नेपालका पानी उद्योगहरू समेत प्रत्यक्ष प्रभावित भएको महासंघले उल्लेख गरेको छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘यो कुनै नाफामूलक निर्णय नभई बढेको उत्पादन लागत, ढुवानी खर्च र कच्चा पदार्थको मूल्यवृद्धिका कारण सिर्जित बाध्यात्मक परिस्थिति हो । उद्योगको दिगोपन, गुणस्तर कायम र नियमित आपूर्तिका लागि लागतको अनुपातमा मूल्य समायोजन गर्नु अहिलेको अपरिहार्य आवश्यकता बनेको छ ।’

    महासंघले सरकारसँग उद्योग सञ्चालनलाई सहज बनाउन, कच्चा पदार्थको उपलब्धता सुनिश्चित गर्न र ढुवानी लागत नियन्त्रणका लागि आवश्यक कदम चाल्न माग गरेको छ । महासंघका महासचिव ध्रुव प्रसाद अधिकारीद्वारा जारी विज्ञप्तिमा उपभोक्ता, वितरक र सरोकारवाला निकायलाई यो बाध्यात्मक परिस्थितिलाई बुझिदिन र सहयोग गर्न अपिल समेत गरिएको छ ।

    image0

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6