
कैलाली, कञ्चनपुरमा बसोबास राना थारु समुदायले आज तिज पर्व मनाउँदै
धनगढी- कैलाली, कञ्चनपुरमा बसोबास गर्ने राना थारु समुदायले आइतबार तिज पर्व मनाउँदै ।
विवाहित व्रतालुले सात वटा गाँठो र अविवाहितले पाँच वटा गाँठो बनाएर झुरकी लग्ने चलन छ। मुरिया र झुरकी दुवै नदीमा सेलाइन्छ। सो क्रममा व्रतालुहरुले झुरकी र मुरियालाई नदीको धारमा छोडेर ‘धारै धार टाढा जानू, हाम्रो दाजुभाइ, भतिजाको उमेर बढाउनू’ भन्ने गरिन्छ। झुरकी नदीमा बगेर जति टाढा गए दाजुभाइ, भतिजाको आयु त्यति नै लामो हुने विश्वास रहेको छ।
यसैबिच राना थारू समुदायले मनाउने तीज पर्वको अवसरमा कैलालीको गोदावरी नगरपालिकाले सार्वजनिक विदा दिएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै श्रावण शुक्ल तृतीयाका दिन राना थारु समुदायको तिजको अवसरमा स्थानीय विदा दिने निर्णय गरेको जनाएको छ।
राना थारू समुदायले मनाउने तीज पर्वको अवसरमा कैलालीको धनगढी उपमहानगरपालिकाले पनि विदा दिएको छ। यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका, लालझाडी गाउँपालिका र बेलडाडी गाउँपालिकाले सार्वजनिक विदा दिएका छन्।



























https://shorturl.fm/zCgrc