Above Article Ad
  • कञ्चनपुरमा हिलोमा फसेको बाघको बच्चाको मृत्यु

    Above Article Content Ad
  • कञ्चनपुर- कञ्चनपुरका हिलोमा फसेको बाघको बच्चाको मृत्यु भएको छ।
    दोधाराचाँदनी नगरपालिका १ चाँदनी गैरीशंकर सामुदायिक वन क्षेत्र नजिकै नदीको हिलोमा फसेको बाघको बच्चाको मृत्यु भएको हो। बुधबार बिहान बगिनी आमासँगै जगबुढा नदी गैरीशंकर सामुदायिक वन क्षेत्रमा भेटिएका थिए, स्थानीयले देखेपछि प्रहरी वन, सहितका शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई खबर गरेका थिए।

    वन निकुञ्जको टोलीले बाघको बच्चा उद्दार गर्दा भावि दिनहरुमा बगिनीले गाँउमा आतंक मच्चाउने भन्दै छाडेका थिए। बिहान जिउँदै भेटिएको बाघको बच्चा साँझ मृत फेला परेको हो। डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख वरिष्ठ डिभिजनल वन अधिकृत सुरेन्द्रचन्द्र डिसीले बिहान निकुञ्जको टोली उद्दारमा गएको तर उद्दार नगरिकनै फर्किएपछि बाघको बच्चाको मृत्यु भएको दाबि गरेका छन्

    बरिष्ठ वन अधिकृत डिसीले बाघको बच्चा उद्दारका लागि निकुञ्ज प्रमुखसँग आफुले भनेको तर, उनले नै त्यो बच्चा मर्न देउ भनेर जवाफ दिएपछि हामी चिन्तित भएको दाबी गरेका छन्।
    तर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख सरक्षण अधिकृत चन्द्रशेखर चौधरीले बाघको बच्चाको संयोगले मृत्यु भएको बताए। शनिबार मात्रै बाघको आक्रमणबाट पुनर्वास नगरपालिका–६ की सुना निरौलाको मृत्यु भएको थियो।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6