Above Article Ad
  • डोटीका असई पुष्कर कार्की आफ्नै ४ महिनाको शिशुको हत्या आरोपमा पक्राउ

    Above Article Content Ad
  • काठमाडौँ- नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीलाई आफ्नै ४ महिनाको शिशुको मृत्युसँग सम्बन्धित गम्भीर आरोपमा प्रहरीले पक्राउ गरेको छ।

    दम्पतीबीच उपचार सम्बन्धी विषयमा निरन्तर विवाद भइरहेकाले घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

    Article inline ad #1
  • एसपी पवन भट्टराईका अनुसार आइतबार साँझ पक्राउ गरिएका कार्की त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा कार्यरत थिए। उनकी श्रीमती कृष्णा कुँवर पनि नेपाल प्रहरीमै जवानका रूपमा कार्यरत थिइन्। दुवै डोटीको शिखर नगरपालिका–५का स्थायी बसिन्दा हुन्।

    Article inline ad #2

    घटना काठमाडौँको सिनामंगलस्थित डेरामा भएको प्रहरीले जनाएको छ। विवाद चर्किएपछि कार्कीले पत्नीलाई चोटपटक पुर्‍याएको र त्यसपछि चार महिनाको शिशु गम्भीर अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। चोटपटककै कारण शिशुको मृत्यु भएको प्रहरीले जनाएको छ।

    कृष्णा कुँवर उपचारका लागि महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालमा छन्। प्रारम्भिक जानकारीअनुसार शिशुलाई जन्मजात स्वास्थ्य समस्या रहेकाले दम्पतीबीच पटक–पटक विवाद हुने गरेको पनि खुलाइएको छ।

    कार्कीलाई प्रहरीले नियन्त्रणमा राखी गम्भीर प्रकृतिको मुद्दा अन्तर्गत अनुसन्धान अघि बढाएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6