
१० वर्षे छोराले दिए बेपत्ता हवल्दारलाई अन्तिम बिदाइ, कञ्चनपुरमा गरियो अन्त्येष्टि
Above Article Content Ad
कञ्चनपुर -भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नेपाल प्रहरीका हवल्दार नरेन्द्रप्रसाद भट्टको कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ।
लामो समयसम्म खोजी गर्दा पनि उनको अवस्था पत्ता लाग्न नसकेपछि परिवारले परम्पराअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरेको हो। भोटेकोशीमा बाढी आउँदा हवल्दार भट्ट रसुवाको टिमुरेस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत थिए।
Article inline ad #1
बाढीपछि उनी सम्पर्कविहीन भएका थिए। लामो समयसम्म खोजी गर्दा पनि उनको शव फेला नपरेपछि परिवारले जीवितै फर्किने आशा त्याग्दै अन्ततः कुशको शव बनाएर हिजो अन्त्येष्टि गर्नुपरेको हो।
Article inline ad #2
अन्त्येष्टिका क्रममा उनका बुवा खेमराज भट्ट र १० वर्षीय छोरा कुशल भट्टले दागबत्ती दिएका थिए। नेपाल प्रहरीको तर्फबाट कञ्चनपुरका प्रहरी उपरीक्षक नेत्रमणि गिरीसहितको टोलीले अन्तिम सलामी अर्पण गरेको थियो।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















