
कैलालीमा लागुऔषध नियन्त्रणमा पुस महिनामा ४२ मुद्दा दर्ता
Above Article Content Ad
कैलाली- जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक गरेको २०८२ पुस महिनाको प्रगति विवरण अनुसार जिल्लामा लागुऔषध सम्बन्धी अपराध नियन्त्रणमा उल्लेखनीय सक्रियता देखिएको छ।
प्रगति विवरण अनुसार पुस महिनामा लागुऔषध सम्बन्धी ४२ वटा मुद्दा दर्ता भएका छन्। यस अवधिमा प्रहरीले करिब १० किलो चरेश र ८३ ग्राम खैरो हेरोइन बरामद गरेको जनाएको छ।
Article inline ad #1
त्यसैगरी, अवैध मदिरा नियन्त्रण अभियान अन्तर्गत १ हजार २३८ लिटर अवैध मदिरा तथा ७ सय लिटर कच्चा पदार्थ बरामद गरी नष्ट गरिएको छ।
Article inline ad #2
लागुऔषध दुर्व्यसन रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले जिल्लाका विभिन्न स्थानमा ६६ वटा जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरेको जनाएको छ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad
















Hi https://is.gd/9PLRLO