
चन्द्रवाल आधारभुत विद्यालय व्यवस्थापन समितिमा नयाँ ४ सदस्य चयन
पुनर्वास- कंचनपुरको पुनर्वास नगरपालिका-५ मा अवस्थित श्री चन्द्रवाल आधारभुत बिधालयको नयाँ व्यवस्थापनका लागि सदस्य चयन गरिएको छ ।
आईतबार आयोजना गरिएको अभिभावक भेलाबाट व्यवस्थापन समिती तयार गर्न नयाँ सदस्य चयनका लागि आवेदन खुल्ला गरिएको थियो ।
सो अवधिमा दुई पुरुष र दुई महिला गरी चार जनाले आवेदन दिएका थिए ।
जसमा विद्यालयको नयाँ व्यवस्थापन समितिका लागि आवेदन दिएका दिलबहादुर खड्का,पुष्पा मल्ल,रामवृक्ष राना र लक्ष्मी खाती सर्वसम्मत रुपमा चयन भएका थिए ।
अभिभावक भेलामा पुनर्वास नगरपालिका-५ का वडाध्क्ष पदम रोकाया, वडा सदस्य टेकबहादुर बोहरा,निवर्तमान व्यवस्थापन समिती अध्यक्ष सिताराम खड्का,सहयोग समितिको संयोजक तथा शिक्षा शाखा प्रमुख शिवराज भट्ट, वडा सचीव रामराज जोशी लगायतका अतिथीहरुको उपस्थितिमा नयाँ सदस्य चयन गरिएको प्रधानाध्यापक कृष्णहरि पण्डितले जानकारी दिए ।