
सुदूरपश्चिममा ड्युटीकै क्रममा बिरामी परेका प्रहरीको मृत्यु
धनगढी – सुदूरपश्चिमको कैलालीस्थित गोदावरी नगरपालिकाको अत्तरियामा रहेको अत्तरिया अस्पतालमा एक प्रहरीको मृत्यु भएको छ। कञ्चनपुरको वडा प्रहरी कार्यालय महेन्द्रनगरमा दरबन्दी भई हाल डोटीको प्रहरी चौकी सानागाउँमा कार्यरत प्रहरी जवान गणेश जोशीको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो।
प्रहरीका अनुसार डडेल्धुराको जोगबुडा घर भएका जोशी यहीँ महिनाको २७ गते राति प्रहरी चौकीअगाडिको इन्ट्री पोस्टमा ड्युटीमा रहेका बेला अचानक पेट दुखेपछि उपचारका लागि जिल्ला अस्पताल डोटी लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि अत्तरियास्थित अस्पतालमा रिफर गरिएको थियो।
उपचाररत अवस्थामै आज बिहान उनको मृत्यु भएको हो। मृत्युको कारण भने पोस्टमार्टमबाट खुल्ने प्रहरीको भनाई छ।धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पोस्टमार्टमपश्चात् शव भने आफन्तले बुझिसकेका छन् भने पोस्टमार्टमको रिपोर्ट आउन बाँकी छ।














