
धनगढीबाट काठमाडौँ जाँदै बस दुर्घटना
Above Article Content Ad
महेन्द्रनगर – धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुबाहक बस पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको वनकसवासामा दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् ।
ना ८ ख ५७०३ नम्बरको बस आज बिहान सडक छेउमा पल्टिँदा दुर्घटना भएको हो । दुर्घटनामा परि २ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये १५ जनालाई थप उपचारका लागि बुटवलस्थित प्रादेशिक अस्पतालमा रिफर गरिएको छ भने २० जनाको उपचार चन्द्रौटा–स्थित सञ्जीवनी सामुदायिक अस्पतालमा भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
Article inline ad #1
दुर्घटनाको कारण बस सडक छेउमा पल्टिएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad
https://shorturl.fm/z7yFm