Above Article Ad
  • भिजा नेसन कन्सल्टेन्सी धनगढीद्वारा खेलाडीलाई जर्सी सहयोग

    Above Article Content Ad
  • पुनर्वास– कञ्चनपुरको पुनर्वासमा सिद्धार्थ युवा क्लबद्वारा आयोजित १५ औं रनिङ चाँदी कप खुल्ला पुरुष फुटबल प्रतियोगितामा सहभागी हुने एक क्लबलाई जर्सी सहयोग गरेको छ ।

    कैलालीको धनगढी उत्तर बेहडीमा अवस्थित भिजा नेसन कन्सल्टेन्सीले कञ्चनपुरको पुनर्वास नगरपालिका-९ खगाउँको एक क्लबलाई जर्सी सहयोग गरेको हो।

    Article inline ad #1
  • चाँदीकप फुटबल प्रतियोगितामा सहभागी हुन गत संस्करणको उपविजेता सिताबस्ती एफ. सि. का खेलाडी तथा अफिसियललाई एक कार्यक्रमका बिच भिजा नेसन कन्सल्टेन्सीका रिजनल म्यानेजर सरोज बरालले उक्त फुटबल क्लबका म्यानेजर बिकास कुवँरलाई चर्चित कन्टेन्ट क्रिएटर, इन्फ्लुएन्सर एवं टिकटक स्टार लोकेश पाल ठकुरी मार्फत खेलकुद जर्सी हस्तान्तरण गरिएको थियो।

    Article inline ad #2

    खेलाडीहरुको मनोबल उच्च बनाउने उद्देश्यले क्लबलाई जर्सी सहयोग गरिएको रिजनल म्यानेजर सरोज बरालले जानकारी दिए।

    रिजनल म्यानेजर बरालले क्लबले अनुशासित, मेहनत र लगनशीलता मार्फत उत्कृष्ट खेल प्रदर्शन गर्ने विश्वास  गरिएको र पुनर्वासको फुटबल बिकासको लागि आवश्यक पर्ने सहयोगका लागि सधैं तयार रहने बताए ।

    क्लबलाई सहयोग गर्नुहुने भिजा नेसन प्रति आभार प्रकट गर्दै सिताबस्ती एफ. सि. यस वर्षको प्रतियोगिताको उपाधि जित्नेमा पनि ढुक्क रहेको क्लबका म्यानेजर विकास कुँवरले बताए ।

    युवाहरूमा देखिएको बढ्दो दुर्व्यसनी नियन्त्रण गर्ने उद्देश्य बोकेका कुँवरले आफ्नै व्यक्तिगत लगानी र विभिन्न सहयोगी दाजुभाइहरूको सहायताबाट विगतका वर्षदेखि नै युवाहरूलाई समेटेर  विभिन्न प्रतियोगितामा  फुटबल टिम सहभागी गराउँदै आएका छन् ।

    कञ्चनपुरको पुनर्वास फुटबल खेलको हबका रूपमा चिनिन्छ। यहाँ बर्षेनी उच्चतम धनराशिका फुटबल खेल विभिन्न क्लबद्वारा आयोजना गरिँदै आएको छ।

    त्यस्तै,सहयोगी कन्सल्टेन्सीले विद्यार्थी भिजामा अस्ट्रेलिया,जापान,युके, युरोप लगायतका देशहरूमा सहज र भरपर्दो तवरले पठाउँदै आएको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by