Above Article Ad
  • धनगढीमा मृत फेला परेकी युवतीको धारिलो हतियार प्रयोग गरेर हत्या गरेको प्रहरीको खुलासा

    Above Article Content Ad
  • धनगढी: धनगढीमा कोठाभित्र मृत फेला परेकी युवतीको हत्या गरिएको खुलेको छ।

    उनी केही समयदेखि धनगढी उपमहानगरपालिका–२ मा कोठा भाडामा बस्दै आएकी थिइन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता राजकुमार सिंहले मृतक चौधरीको घाँटीमा धारिलो हतियार प्रहार भएको र कन्चटमा पनि चोटपटक रहेको बताएका छन्। उनले भने, ‘हत्या भएको घटनाजस्तो देखिन्छ। अनुसन्धानका लागि तालिमप्राप्त कुकुरको समेत प्रयोग गरिएको छ।’

    Article inline ad #1
  • मृतक चौधरी खानेपानी संस्थान, धनगढीमा कार्यालय सहयोगीका रूपमा कार्यरत थिइन्। प्रारम्भिक अनुसन्धान अनुसार उनी पछिल्ला दुई महिनादेखि एक युवकसँगै सो कोठामा बस्दै आएकी थिइन्। तर, उक्त युवकको परिचय खुलेको छैन। उनी फरार रहेका छन्। घटना केही दिन पहिलाको देखिएको छ। कोठामा बाहिरबाट ताला लगाएको अवस्थामा युवतीको शवल भित्र फेला परेको हो। घर धनीले गन्ध आएपछि प्रहरीमा खबर गरेका थिए।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6